नयाँ वर्षको अवसरमा भब्य कार्यक्रमको आयोजना गर्दै केसी र आचार्य टिम

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन अनिश्चित भए पनि अध्यक्षका दावेदारहरुले आफ्ना गतिविधी जारी राखेका छन् । विशेष गरि डा.बद्री केसी र कुल आचार्य टिमले आफना ककस र खुल्ला डबली नाम दिएर आफ्ना गतिविधीलाई जारी राखेका हुन । यसअघि पनि दशैं, तिहार र छठ लगायतका पर्वमा जुम भर्चुअलको माध्यमबाट भब्य कार्यक्रमको आयोजना गरेका उनीहरुले अंग्रेजी नयाँ वर्षको अवसरमा पनि कार्यक्रमको आयोजना गरेका हुन ।

अग्रेजी नयाँ वर्षको अवसरमा केसी टिमले शुक्रबार अर्थात ३१ डिसेम्बर नेपाली समय अपरान्ह ३ः३० बजे शुभकामना साँझ तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । चर्चीत प्रस्तोता रीमा बिश्वकर्माले सञ्चालन गर्ने कार्यक्रममा कलाकारहरु बैकुण्ठ महत, पूर्णकला बिसी, सरोज सिमखडा, ममता गुरूगं र अस्मिता अधिकारीको प्रस्तुती रहने बताइएको छ ।

त्यस्तै, कार्यक्रममा अतिथि कलाकारहरूका रुपमा प्रकाश सायमी, बद्री पंगेनी, जीतु नेपाल, दिपा़श्री निरौला, रमेश राज भट्टराई, सन्दीप क्षेत्री, सृजना खत्रीको विशेष सहभागीता रहने केसी टिमले जनाएको छ । केसी टिमले कार्यक्रममा सहभागिताका लागि आफ्ना शुभचिन्तकहरुमा अपिल पनि गरेको छ ।

उता आचार्य टिमले खुल्ला डवली कार्यक्रमलाई निरन्तरता दिदैं नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना गरेको छ । शनिबार अर्थात १ जनवरीका दिन नेपाली समय अपरान्ह् ५ बजे शुभकामना कार्यक्रमको आयोजना गरेको हो । आचार्य टिमले कार्यक्रममा सहभागिताका लागि सबैमा आग्रह समेत गरेको छ ।


प्रकाशित | १५ पुष २०७८, बिहीबार २०:२८