काँग्रेस प्रदेश २ सभापतिमा देउवा पक्षीय यादव निर्वाचित

काठमाडौं – नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट कृष्ण प्रसाद यादव निर्वाचित हुनु भएको छ । सभापति शेरबहादुर देउवा पक्षका कृष्णले प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गर्नु भएको हो ।

रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित हुनु भएको हो । आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९ सय ९६ मत प्राप्त गर्नु भएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी राम सरोज यादवले ८ सय ५५ मत प्राप्त गर्नु भएको छ । त्यस्तै, २८ मत बदर भएको छ । राम सरोजलाई विमलेन्द्र निधी र शेखर कोइरालाको समर्थन थियो ।


प्रकाशित | ९ पुष २०७८, शुक्रबार ०९:४२