प्रेमराजा महत र कृष्णजीवी पन्थको बन्दीपुरैमा सार्वजनीक (भिडियो)

काठमाडौं – वरिष्ठ लोकगायक प्रेमराजा महत र एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले बन्दीपुरैमा म्युजीक भिडियो सार्वजनीक भएको छ । महतको निर्देशन र पन्थको सहनिर्देशनमा सार्वजनीक भएको गीतमा बन्दूपुरको पर्यटन प्रबद्र्धनलाई जोड दिइएको छ ।

पन्थले आफू जन्मे हुर्केको ठाउँको पबद्र्धन गर्ने उद्देश्यले वरिष्ठ लोकलायक महतले निर्माण गर्नु भएको गीतलाई बजारमा ल्याउन सहयोगी भूमीका निर्वाह गरेको बताउनु भयो । गीत महतसँगै गायिका शान्तिश्री परियारको स्वरमा सजीएको छ । गीतमा बन्दीपुरको विभिन्न कला संस्कृति, रहनसहन र भेषभूषालाई दर्शाइएको छ ।

गीतको भिडियोमा मोर्डलका रुपमा रन्जिता गुरुङ हुनुहुन्छ भने इन्द्रेणीका कृष्ण कँडेल र कृष्णजीवी पन्थको पनि भिडियोमा खेल्नु भएको छ । महतको युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियो नारायण रायमाझीले बनाउनु भएको हो ।


प्रकाशित | २१ मंसिर २०७८, मंगलवार ११:०३