जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्षमा सुरेश गुरुङ सर्वसम्मत चयन

सिड्नी – नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आगामी कार्यकालका लागि अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

निवर्तमान बरिष्ठ उपाध्यक्ष सुरेश गुरुङको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत चयन भएको निर्बाचन समितिका संयोजक राजु अधिकारीले जानकारी गराउनु भयो । जुम अनलाईन मार्फत भएको बैठकबाट निर्वाीचत केन्द्रीय कार्यसमिति र राज्य समितिको घोषणा गरिएको थियो ।

त्यस्तै, कार्यसमितिको उपाध्यक्षमा राजेश केसरी र मनिसा अर्याल, महामन्त्रीमा रोहित खड्का र समित केसी, राज्य संयोजकहरुमा क्रमश दिलिप पोखरेल (एसए), सितल गिरी (एनएसडब्लु), समिर खतिवडा (क्यूएलडी), ललित मल्ल (एसिटि), टेकनाथ सापकोटा (टिएस), दिनेश अधिकारी (डब्लुए) चयन हुनु भएको छ । सहमहामन्त्रीमा अचुत धमला र भूपीन्द्र प्रसाद कंडेल र प्रमुख संरक्षकमा कृष्ण गिरी चयन हुनु भएको छ ।

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका निवर्तमान अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा आयोजित चौथो अधिवेशनको उदघाटन प्रधानमन्त्री एवं पार्टी सभापाति शेरबहादुर देउवा, नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महत, जनसम्पर्क समन्वय केन्द्रीय विभाग प्रमुख गोबिन्द भट्टराई, केन्द्रीय प्रतिनिधि नरेन्द्र भाट र जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीले संयूक्त रुपमा गर्नु भएको थियो । 

सो अवसरमा सभापति देउवाले नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको चौथो अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो । उहाँले सहकार्य सहमति एकताबाट संगठन चलाउदै स्वच्छ प्रतिष्पर्धा गरी नेतृत्व छान्न निर्देशन दिनु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व मन्त्री डा. प्रकाश शरण महतले अधिवेशन सफलताको शुभकामना सहित नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले गरेका कार्य र पार्टी प्रति पुर्याएको सहयोग प्रति धन्यबाद ज्ञापन गर्नु भयो ।

कार्यक्रममा जनसम्पर्क समन्वय केन्द्रीय विभाग प्रमुख गोबिन्द भट्टराई, केन्द्रीय प्रतिनिधि नरेन्द्र भाट, नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अग्रज तथा राज्यसमिति र अन्यदेशका जनसम्पर्क समितिका सभापतिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

उद्घाटन कार्यक्रम पछि बन्दसत्र कार्यक्रमले संस्थाको नयाँ विधान, अध्यक्षले प्रस्तुत गर्नुभएको कार्यविवरण लगायतका बिषयहरु पारित गरेको थियो । 

कार्यक्रम समितिका दिलीप पोखरेल र राहित खडकाले सञ्चालन गर्नु भएको थियो भने सुरेश गुरुङले स्वागत मन्तब्य राख्नु भएको थियो । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको चौथो अधिवेशन अत्यन्तै सफलतापूर्व सम्पन्न भएको समितिले निषकर्ष निकालेको छ ।


प्रकाशित | २० मंसिर २०७८, सोमबार ११:२७