एनआरएनएद्धारा परराष्ट्र मन्त्रालयविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सरकार विरुद्ध मुद्दा दायर गरेको छ । एनआरएनएले परराष्ट्रको पछिल्लो निर्णय विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । मुद्दामा दशौँ महाधिवेशन गराउन संरक्षक परिषदलाई जिम्मा दिने मन्त्रालयको पछिल्लो निर्णय गैर कानूनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ ।

अध्यक्ष कुमार पन्तले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै परराष्ट्र मन्त्रालयविरुद्ध अदालतमा दायर गरिएको पुष्टि गर्नु भयो । सञ्चारकर्मीको प्रश्नमा पन्तले आफूले अध्यक्षको अधिकार प्रयोग गरेर अदालतमा संघको तर्फबाट मुद्दा दायर गरिएको बताउनु भयो ।

संघले सम्पूर्ण अधिकार आफूलाई दिएअनुरुप मुद्दा दायर गरिएको र पछि आवश्यक परेमा प्रस्ताव लगेर पारित गरिने पनि जानकारी दिनु भयो ।

पन्तले केहि दिनभत्रै निर्वाचन कार्यतालिका सार्वजनीक गरिने र तोकिएकै समयमा निर्वाचन गरिछाड्ने बताउनु भयो । उहाँले संरक्षक परिषद्मार्फत निर्वाचन गर्न दिने परराष्ट्रको निर्णय अन्यायपूर्ण रहेको पनि बताउनु भयो ।


प्रकाशित | ११ मंसिर २०७८, शनिबार १६:३६