आजदेखि संघीय संसद्को बजेट अधिवेशन

काठमाडौं : सङ्घीय संसद्को चौथो अधिवेशन आज (सोमबार)बाट सुरु हुँदैछ। दिउँसो ४०० बजे अधिवेशन आह्वान गरिएको छ । अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका कानुन निर्माणमा केन्द्रित गर्ने जनाएको छ । तेस्रो अधिवेशन अन्त्य भएको एक महिनापछि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार चौथो अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराका अनुसार चौथो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, प्रिबजेट छलफल तथा बजेट प्रस्तुत मुख्य कार्यसूची रहेका छन् । यस्तै, विचाराधीन विधेयकलाई प्राथमिकताका आधारमा अगाडि बढाइनेछ। सरकारको नीति तथा कार्यक्रमका लागि वैशाख २० गतेको समय तय गरेको छ ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार ०८:५४