एनआरएनएमा कुनै पनि राजनीतिक पार्टीले हस्तक्षेप गर्नु हुँदैन : कांग्रेस नेता कृष्ण सिटौला

काठमाडौं –  नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले गैर आवासीय नेपाली संघमा कुनै पार्टीले पनि राजनीतिक पार्टीले हस्तक्षेप गर्न नहुने बताउनु भएको छ । एनआरएनएको आन्तरिक मामिलामा कुनै पनि राजनीतिक पार्टीहरुले अनावश्यक हस्तक्षेप र चासो राख्न नहुने बताउनु भएको हो ।

एनआरएनए अध्यक्ष पदको लागि उम्मेदवार रहनु भएको रबीना थापाले आयोजना गरेको तिहारको शुभकामना कार्यक्रममा बोल्दै कांग्रेस नेता सिटौलाले एनआरएनको विवाद समाधान गर्न संस्थाकै नेतृत्व सक्षम रहेको र कांग्रेसबाट पनि कुनै नेताबाट हस्तक्षेप भएको छ भने त्यो ब्यक्तीगत स्वार्थका लागि भइरहेको पनि बताउनु भयो ।

एनआरएनएको आन्तरिक मामिलालाई स्वतन्त्ररुपमा छोड्नुपर्ने आफ्नो मान्यता रहेको र आफ्नो पार्टी लगायत अन्य दलका नेताहरुलाई पनि आफूले त्यहि अनुरोध गर्ने गरेको सिटौलाले बताउनु भयो ।

सिटौलाले एनआरएनएको शक्ति र साख यसैका सदस्यहरु रहेकाले एनआरएनभित्र कुनै मतभेद, मतमतान्तर भए आफ्नै तर्फबाट सुल्झाउनुपर्नेमा जोड दिनु भयो ।

सिटौलाले भन्नु भयो, ‘आफ्नो घर भित्रको समस्या आफैंले सुल्झानुपर्छ । आफ्नो संस्थाभित्रको समस्या, मतभेद सुल्झाउन नसक्दा बिभिन्न समुह र राजनीतिक दल, अन्य संस्थाले हस्तक्षेप गर्न सक्छन् । अन्य संस्था, राजनीतिक दलबाट हस्तक्षेप भयो भने संस्था अगाडि जान नसक्ला । त्यसैले आफ्नो संस्थाभित्रको समस्या आफ्नै तर्फबाट सुल्झाउनुहोला ।’


प्रकाशित | १९ कार्तिक २०७८, शुक्रबार २०:३९