एनआरएनए अमेरिका हाँकेका सुनील साह आइसिसी उपाध्यक्षको तयारीमा, संघलाई नयाँ उचाइमा पुर्‍याउने दृढता

टेक्सस । गैर आवासीय नेपाली संघ अमेरिकाको निवर्तमान अध्यक्ष सुनिल साहले आइसिसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । आगामी अक्टोवरमा हुने आइसिसीको निर्वाचनमा साहले उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

एनआरएनए अमेरिकाको अध्यक्ष रहँदा साहले सफलता पुर्वक भूमीका निर्वाह गर्नु भएको थियो । साहले एनसिसी अमेरिकामा वरिष्ठ उपाध्यक्ष हुँदै नेतृत्वमा रहेर हासिल गरेको अनुभव र अग्रजको सल्लाहमा केन्द्रीय उपाध्यक्षको उम्मेदवारी दिन लागेको बताउनु भयो ।

उहाँले केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएर संघलाई थप उचाइमा पुर्‍याउने उद्देश्य राखेको बताउनु भयो । उहाँले चाँडै आफ्ना प्रतिबद्धताहरु पनि सार्वजनिक गर्ने बताउनु भयो ।

सुनील साह नेतृत्वमा भएका उपलब्धीपूर्ण महत्वपूर्ण कार्यहरु

विशेष गरि साह नेतृत्वले निर्वाचन सम्पन्न भएलगतै नयाँ कार्यसमितिमा बाँकी मनोनयन गर्नुपर्ने पदहरु विवादरहित मनोनयन गर्दै कार्यसमितिलाई पूर्णता दिन सफल भएको थियो । नयाँ कार्यसमितिले पूर्णता पाएसँगै एनआरएनए अमेरिकाले आफनो गतिलाई तीब्रता दियो । नयाँ कार्यसमितिमा टिम वर्क भएकै कारण अमेरिका विश्वका विभिन्न एनसिसीको दाँजोमा अग्रपंक्तीमा रहेको पाइन्छ । एनआरएनए अमेरिका अध्यक्ष साह आफ्नो दुई वर्षे कार्यकालमा महत्वपूर्ण कामहरु भएको बताउनुहुन्छ ।

अध्यक्ष साह कोभिड -१९ का बाबजुत भर्चुअल रुपमा विज्ञ सम्मेलन र एनसिसीको साधारणसभा सम्पन्न, एनसिसी र आइसिसी बीच रहेको एमआइएस सिस्टमलगायतका विवाद निरुपण गर्न सघाउ, संस्थाको वेभसाईटलाई सुधार गर्न सफल, नेपालमा भएको सीमा समस्याको विषयमा अमेरिकामा रहेको यूएन, भारतीय राजूतावासमा ज्ञापनपत्र बुझाउँदै अमेरिकाका विभिन्न ठाउँमा प्रदर्शन, तीन जनाको कमिटि बनाएर डकुमेन्टसहित लिखित रुपमा राजदूतावासँमा पेश गर्न सफल र संस्थाको ऐतिहासक दस्तावेजलाई संकलन गरि संग्रह गर्ने जस्ता धेरै सुधारहरु भएको बताउनु हुन्छ । साह नेतृत्वमा भएका महत्वपूर्ण कार्यहरुलाई निम्नानुसार उल्लेख गरिएको छ:-

इतिहासमा पहिलो पटक आइसिसीमा अमेरिकाको बलियो उपस्थिति

एनसिसी अध्यक्ष साह विशेष गरि आफ्नो कार्यकालमा महत्वपूर्ण कार्य भएको बताउनुहुन्छ । एनआरएनए अमेरिकाको इतिहासमै पहिलो पटक एनआरएनको केन्द्रीय समितिमा बलियो प्रभाव जमाउन सफल हुनु आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धी भएको अध्यक्ष साह बताउनुहुन्छ ।

अहिले अमेरिकाबाट केन्द्रीय समितिमा उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा र सचिव गौरीराज जोशीले प्रतिनिधित्व गरिरहनु भएको छ । एक जना उपाध्यक्ष पदका उम्मेदवार तथा अमेरिकाको प्रमुख संरक्षक समेत रहनु भएको डा। केशव पौडेल झिनो मतान्तरले पछि पर्नु भए पनि समग्रमा यो एनआरएनए अमेरिकाको लागि सबैभन्दा ठूलो रेकर्ड भएको अध्यक्ष साहको विश्लेषण छ ।

‘आफ्नो कार्यकालमा केन्द्रीय समितिमा धेरैभन्दा धेरै ब्यक्तीहरु अमेरिकाको प्रतिनिधित्व गर्दै निर्वाचीत हुनुमा नै सबैभन्दा ठूलो उपलब्धी ठानेको छुु’, अध्यक्ष साहले विश्व सन्देशसँगको कुराकानीमा भन्नुभयो ।

गैर आवासीय नेपाली नागरिकताको विषयमा पहल

अध्यक्ष साह आफूले चुनावी एजेन्डाको रुपमा अगाडि सारेको अधिकांश एजेन्डा पूरा भएको बताउनु हुन्छ । आफूले चुनावमा मुख्यत पाँच बुँदे मुख्य एजेन्डा लिएर अगाडि बढेकोमा नेपाली नागरिकताको लागि गर्नुपर्ने सक्दो पहल गरेको बताउनु हुन्छ । ‘एनआरएनए अमेरिकाको तर्फबाट गर्न सक्ने हामीले सक्दो प्रयास गरेका छौ’, अध्यक्ष साहले भन्नु हुन्छ, ‘यस अवसरमा धेरै नेताहरु, एनआरनए अभियन्तालाई अमेरिकामा बोलाएर नागरिकताको विषयमा लविङ गरेका छौ । एक हदसम्म सफल पनि भयौ । संविधानमा गैर आवासीय नेपालीलाई नागरिकता दिने कुरा उल्लेख गर्नु पनि ठूलो उपलब्धी हो । अब त्यसलाई कार्यान्वयन चाँडो भन्दा चाँडो गर्नको लागि नेपाल सरकारलाई दबाब दिन आवश्यक देखिन्छ ।’

युवा, विद्यार्थी लक्षित कार्यक्रमको थालनी

अध्यक्ष साह आफूले चुनावी घोषणा पत्रमा उल्लेख गरे वमोजीम युवा तथा विद्यार्थीका समस्या पहिचान गर्ने र उनीहरुलाई एनआरनए अभियानमा जोड्ने अभिप्रायले पहिलो पटक युवा र विद्यार्थी टाक्सफोर्स बनाएको बताउनु हुन्छ । ‘हामीले कमिटि नै बनाएर युवाहरुको समस्या पहिचान गर्न अगाडि सर्यौ । त्यो कमिटि अन्तर्गत नेपाली विद्यार्थी पढ्ने विभिन्न विश्वविद्यालयमा विभिन्न विद्यार्थीलाई दूतको रुपमा नियुक्त गर्यौ’, अध्यक्ष साह भन्नु हुन्छ, ‘हालसम्म हामीले विभिन्न ३५ वटा विश्वविद्यालयमा नियुक्त गरिसकेका छौ । हामीले एनआरएनए अमेरिकाको इतिहासमा पहिलो पटक युवा सम्मेलन सम्पन्न गरेका छौ ।’

केन्द्रीय समितिमा अमेरिकाबाट धेरैभन्दा धेरैको प्रतिनिधित्व गराउन सफल भएसँगै दुई वर्षे कार्यकालमा एनआरएनए अमेरिकाले युवा, विद्यार्थी लक्षित कार्यक्रमको थालनी गरेकोमा अर्को ठूलो उपलब्धीका रुपमा लिएको छ । अध्यक्ष साह अमेरिकाका विभिन्न क्षेत्रमा रहनु हुने नेपाली युवा विद्यार्थीलाई लक्षित गर्दै विभिन्न खालका जनचेतनामूलक तथा सन्देशमूलक कार्यक्रम गर्न सफल हुँदै युवा विद्यार्थीलाई एनआरएनसँग जोड्न सफल भएकोमा अर्को ठूलो उपलब्धी भएको बताउनुहुन्छ ।

अध्यक्ष साह एनआरएनएको इतिहासमा पहिलो पटक युवा विद्यार्थीलाई लक्षित कार्यक्रम आयोजना गरिएको समेत बताउनुहुन्छ । युवा विद्यार्थीका समस्या समाधानमा दिर्घकालीन योजना बनाएर लाग्ने उद्देश्यले कार्यक्रमको थालनीसँगै ‘प्रेसिडेन्ट युथ एण्ड स्टुडेन्ट फण्ड’ घोषणा पनि गरिएको थियो । साथै दुई पटक युवा तथा विद्यार्थी लक्षित सम्मेलन आयोजना सम्पन्न गरिएको साह बताउनु हुन्छ । त्यस्तै, अमेरिकामा पढ्ने नेपाली विद्यार्थी ४ जनालाई दिइदै आएको छात्रावृत्ति बढाएर ४ जना महिला र ४ जना पुरुष गरि ८ जना विद्यार्थीलाई प्रदान गरिएको छ ।

पहिलो पटक महिला सम्मेलन

महिलाका विषयलाई उठान गर्दै महिला सशक्तीकरणको लागि अमेरिकामै पहिलो पटक महिला सम्मेलन आयोजना गर्न सफल भएको अध्यक्ष साह बताउनु हुन्छ । साथै विधानमा समेत महिला उपाध्यक्ष र महिला सचिवको पद सिर्जना गर्दै महिलाहरुको समस्यालाई लिएर हटलाईन सेवा शूरु गरेको पनि उहाँ बताउनु हुन्छ ।

संस्थाको काम कारवाहीमा पारदर्शीता

संघमा रहेका केहि अब्यवस्थित प्रणालीलाई सुधार गर्दै पारदर्शीता र सम्पूर्ण काम कारवाहीलाई ब्यवस्थित बनाइएको अध्यक्ष साह बताउनु हुन्छ । अध्यक्ष साह संस्थामा हुने हरेक गतिविधीलाई ब्यवस्थित गर्दै मितब्ययीता कायम गर्न सफल भएको बताउनु हुन्छ । ‘साथै सचिवालयको काम कारवाही प्रभावकारी बनाउँदै चुस्त दुरुस्त बनाइएको छु, अध्यक्ष साह भन्नु हुन्छ, ‘संस्थालाई सिस्टमेटिक बनाएका छौ भने आइसिसी र नेपाली राजदूतावासँग समन्वय गरेर हरेक काम कारवाहीलाई ब्यवस्थित समेत बनाउन सफल भएका छौ । पहिलो पटक एनआरएन अमेरिकाको सम्पूर्ण २ हजार ६ सय आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्न सफल भएका छौ ।’

इतिहासमै सबैभन्दा धेरै सदस्य बनाउन सफल

एनआरएनए अमेरिकाले विश्वभर रहेका एनसिसी मध्ये सबैभन्दा ठूलो एनसिसी बन्न सफल भएको छ । सदस्य संख्याको आधारमा यस पटक अमेरिकामा २० हजारभन्दा बढी सदस्य बनेका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै सदस्य हो । अध्यक्ष साह यस्तो विषम परिस्थितिमा पनि एनआरएनएन एनसिसीको निर्वाचन समयमै विवादरहित सम्पन्न गर्नु पनि अर्को ठूलो सफलता भएको बताउनु हुन्छ ।

अमेरिकाले जहिल्यै खेप्दै आएको मुद्धाको किनारा

अध्यक्ष साह यसअघि संस्थाले जहिल्यै खेप्दै आएको मुद्धालाई किनारा लगाउन सफल भएको बताउनु हुन्छ । ‘संस्थाविरुद्ध मुद्धा पर्दा संस्थामा काम गर्न भन्दा मुद्धा मामिलामा खर्च हुने झन्झटबाट मुक्त भएका छौु, अध्यक्ष साह भन्नु हुन्छ, ‘विगतमा हार्ने टिम अदालतमा जाने परिपाटी थियो, यस पटक निर्वाचनमा सहभागि सबैले हार पनि स्वीकार्नु भयो, यो पनि ठूलो सफलता हो ‘

कोभिड -१९ मा खेलेको भूमीका

अहिले संसारभरि नै महामारीको रुपमा कोभिड १९ अर्थात कोरोना भाइरसले सबैलाई तस्रित बनाइ रहेको छ । यस अवधिमा एनआरएनएले कोभिड प्रभावीत अमेरिकाबासी नेपाली समुदायको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । विशेष गरि अमेरिकामा रहेका विद्यार्थीलाई एनआरएनएले खेलेको र खेलीरहेको भूमीका सराहनीय छ ।

एनआरएनए अमेरिकाले एनसिसीस्तरबाट कोभिड-१९ सम्बन्धी आवश्यकताको आधारमा समिति खडा गरेर समस्यामा परेका नेपालीलाई सक्दो सहयोग गरेको छ । अध्यक्ष साह आफनो कार्यकालको धेरै महिना कोभिड(१९ कै कार्यमा बितेको बताउनुहुन्छ । यो समयमा अमेरिकाको विभिन्न ठाउँमा एनआरएनएले समन्वयकारी भूमीका निर्वाह गर्दै समस्यामा परेका विद्यार्थीलाई सहयोग गरेको अध्यक्ष साह बताउनुहुन्छ ।

अमेरिकामा कोभिड–१९ को संक्रमणमा पर्नुभएका नेपालीको लगत संकलन गर्नेदेखि लिएर उहाँहरुलाई गर्नुपर्ने सहयोगका कार्य खाद्यान्नदेखि स्वास्थ्य सामाग्री उपलब्ध गराउने काम संघले गरेको थियो । गैर आवासीय नेपाली संघ अमेरिकाले कोभिड–१९ को प्रभावलाई गम्भिर रुपमा लिदैं अध्यक्ष साहको नेतृत्वमा उच्चस्तरीय सहयोग समिति समेत गठन गरेको थियो । साना ब्यवसायीलाई सरकारबाट कसरी राहत उपलब्ध गराउन सकिन्छ भनेर समेत पहल गरिएको थियो ।
अमेरिका स्थित नेपाली दुतावाससँग सहकार्य गर्दै संघले नेपाल सरकारले गरेका निर्णयहरुलाई गैर आवासीय नेपाली बीच पु¥याउन पुलको काम गरेको छ । साथैें विषम परिस्थितिमा अमेरिकाको केन्द्र सरकार, राज्य सरकार र स्थानीय सरकारले ल्याएका सहुलियतका कार्यक्रमहरु तथा विभिन्न सुरक्षा सम्बन्धि घोषणा गरिएका कार्यक्रमहरु बारे गैर आवासीय नेपालीलाई बुझाउन केन्द्र तथा च्याप्टर कमिटि मार्फत काम गरेको थियो ।

संघले आपत्तकालीन राहत कोषको निर्माण गरेर आर्थिक सहयोग समेत संकलन गर्दै कोभिड( १९ को असरका कारण आर्थिक समस्या सँग जुध्न बाध्य नेपालीहरुलाई सहयोग गरेको थियो । कोषबाट समस्यामा परेका विद्यार्थी लगायत गैर आवासीय नेपालीलाई सहयोग गरिएको थियो ।त्यस्तै, संघले नेपाली समुदाय भित्र कोभिड–१९ को असर कस्तो परेको छ र समाधानका लागि के गर्न सकिन्छ त्यस सम्बन्धमा विभिन्न पक्षमा केन्द्रीत रहेर अनलाइन कार्यक्रम संचालन गरेको थियो ।

कोभिड–१९ को कारण संक्रमणबाट कसरी जोगिने, स्वास्थ्य सेवा कसरी लिने, कोभिड–१९ को प्रभाव नेपालीले संचालन गर्ने व्यापार व्यवसायमा कस्तो परेको छ, सरकारले ल्याएको राहत कार्यक्रममा कसरी समावेश हुन सकिन्छ, नेपाली विद्यार्थीमा परेको असर, आप्रवासीहरुलाई पारेको प्रभाव यी यस्ता धेरैं पक्षहरुमा केन्द्रीत रहेर संघले अनलाइन कार्यक्रम गरेको हो । संघले अमेरिकामा रहनुहुने आम गैर आवासीय नेपालीको समस्यालाई सूचीकृत गर्दै आवश्यकता अनुरुपका कार्यहरु गरेको अध्यक्ष साह बताउनुहुन्छ ।

त्यस्तै, कोभिड-१९ को कारण अमेरिकामा रोकिएका, नेपाल जान इच्छुक ब्यक्तीहरुलाई स्वदेश फीर्ताको लागि नेपाल सरकार परराष्ट मन्त्रीसँग आवश्यक पहल गर्दै नेपाल फीर्ता गराउन सफल भएको थियो । त्यस्तै, एनआरएनए अमेरिकाले आइसिसीको कोषमा १२ लाख सहयोग गरेको थियो भने जनकपुर र टिकापुरमा कोभिडआइसोलेसन सेन्टर स्थापना गर्न ठूलो सहयोग समेत गरेको छ।


प्रकाशित | १७ भाद्र २०७८, बिहीबार ०९:१०