एनआरएनए एसिया प्याशिफिकको युवा संयोजकमा दीपक कँडेलको उम्मेदवारी

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिकको युवा संयोजकमा दीपक कँडेलले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । आगामी कार्यकालको लागि कँडेलले पुन: उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

कँडेलले अग्रजहरुको साथ सहयोग र सल्लाहमा पुन सोही पदमा उम्मेदवारी दिने निर्णय गरिएको बताउनु भयो ।  युवाहरुका आवाजलाई सशक्त ढंगले उठाउनु आउनुभएको कँडेल इमानदार र स्वच्छ छवी बनाउँदै आउनु भएको छ ।

कँडेलको नेतृत्वमा पहिलो पटक एनआरएनस्तरीय विश्वब्यापी स्पीज कन्टेस्ट आयोजना गर्दै दोस्रो पुस्तालाई एनआरएनएमा आबद्ध गराउने कार्यको शूरुवात गरिएको थियो ।


प्रकाशित | ८ भाद्र २०७८, मंगलवार १४:३२