आफ्नो सरकारलाई मान्यता दिन तालिबानको अन्तर्राष्ट्रिय समुदायलाई अपील

काठमाडौँ । तालिबानले अन्तर्राष्ट्रिय समूदायलाई अफगानिस्तानमा आफ्नो सरकारलाई मान्यता दिन अपील गरेको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएन टीभिलाई अन्तर्वार्ता दिँदै तालिबानका प्रवक्ता सुहेल शहीनले अन्तर्राष्ट्रिय समूदायलाई तालिबानी सरकार स्वीकार गर्न अपील गर्नु भएको हो । शहीनलले “अफगानी जनाताको इच्छाको सम्मान” गर्दै तालिबानी शासनलाई स्वीकार गर्नुपर्ने बताउनु भएको हो ।

शहीनले तालिबानी शासनमा अफगान महिलाबारे व्यक्त गरिएका चिन्ता निराधार भएको बताउनु भयो । तालिबानी सरकार महिलालाई पढ्ने, लेख्ने र काम गर्ने अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि उहाँले जनाउनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय मौद्रिक संस्थामा नयाँ सरकारका लागि ‘फण्ड रिलिज’ गर्न आग्रह पनि गर्नु भएको छ ।


प्रकाशित | ५ भाद्र २०७८, शनिबार ०९:४२