एनआरएनए चिलीको अध्यक्षमा कृष्णचन्द्र भट्टराई विजयी

चिली । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् चिलीको अध्यक्षमा कृष्ण चन्द्र भट्टराई विजयी हुनु भएको छ । अध्यक्षका अर्का प्रत्यासी रामजी लामिछानेलाई ३९ मतले पछि पार्दै भट्टराई विजयी हुनु भएको हो ।

उहाँले ९४ मत प्राप्त गर्दा लामिछानेले ५५ मत मात्र प्राप्त गर्नु भयो । आगामी कार्यकालको लागि महासचिवमा शमूएल सुनुवार विजयी बन्नु भएको छ । उहाँले ८५ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी श्याम बहादुर गाहाले ५६ मत प्राप्त गर्नु भयो ।

कोषाध्यक्षमा नविन निश्चल गुरुङ्ग विजयी हुनु भयो । गुरुङ्गले १०० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी गुरुदत्त सापकोटाले ३८ मत प्राप्त गर्नु भयो । यसैगरी युवा संयोजकमा मान बहादुर राई विजयी हुनु भयो । उहाँले ९८ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी गिरीराज पाण्डेले ४३ मत प्राप्त गर्नु भयो ।

यसअघि उपाध्यक्षमा सर्वदा काफ्ले, सरोज अर्याल, विनोद केसी, सचिवमा नविन श्रेष्ठ, सहकोषाध्यक्षमा मनोज धिताल, महिला प्रतिनिधिमा पविता थापा मगर, सदस्यहरुमा भिम प्रसाद खनाल, सुदिप ढकाल, बल बहादुर थापा मगर, पुरुषोतम सापकोटा, मन कुमार गुरुगं निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।

चिलीमा केहि समयअघि मात्र अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीको पहलमा सरोज अर्याल संयोजक रहेको तयारी समिति गठन गरिएको थियो ।


प्रकाशित | १७ श्रावण २०७८, आईतवार ०८:०२