पछिल्लो २४ घण्टामा ३४७९ जना संक्रमित थपिए, ९९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४७९ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४७१ जनाको पिसिआर र ३२६२ एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार २४ एन्टीजेटमार्फत ४५५ जना संक्रमित पुष्टि भएका हुन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ९९ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको छ। आज ६ हजार ६३६ जना संक्रमित निको भएका छन्।


प्रकाशित | २३ जेष्ठ २०७८, आईतवार १७:०३