टिकटकमाथि भारतको प्रतिबन्ध फुकुवा

एजेन्सी : एउटा भारतीय स्टेट कोर्टले चर्चित भिडियो सेयरिङ एप टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन आदेश दिएको छ । यससँगै करिब एक सप्ताहसम्म प्रतिबन्धमा परेको टिकटक त्यहाँ पुन सुरु भएको छ । यसअघि तामिलनाडुले सो एपलाई एप्पल र गुगलस्टोरबाट हटाउन आग्रह गरेपछि ती कम्पनीहरुले अदालतको आग्रहबमोजिम टिकटक एप हटाएका थिए । भारतले टिकटकलाई प्रतिबन्ध लगाएपछि त्यसले कम्पनीलाई ठूलो धक्का पुर्याएको थियो । किनभने भारत टिकटकको ठूलो लक्षित बजार हो, जहाँ उसका करिब ३० करोड प्रयोगकर्ता छन् । अदालतको पछिल्लो आदेशपछि अब भारतमा टिकटक डाउनलोड गर्न र चलाउन खुला हुनेछ ।


प्रकाशित | १२ बैशाख २०७६, बिहीबार १२:४२