एनआरएनए डेनमार्कद्धारा नयाँ सदस्यताको लागि आह्रवान

कोपनहेगन । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद डेनमार्कले नयाँ सदस्यता खुला गरेको छ । एनसिसी डेनमार्कले नयाँ सदस्यता खुला गरेको हो । नयाँ सदस्यता खुला गदै डेनमार्कबासी नेपालीहरुलाई सदस्यता लिन आह्रवान समेत गरेको छ ।

एनआरएनए डेनमार्कका अध्यक्ष रविन्द्र खडकाले नयाँ सदस्यता खुला गर्दै सदस्यता नवीकरण गर्न आह्रवान गरिएको जानकारी दिनु भयो । अध्यक्ष खडकाका अनुसार नयाँ सदस्यता आगामी २३ जुन सम्म लिन सकिने छ भने नवीकरण गर्ने समयसीमा पनि २३ जुनसम्म नै तोकिएको छ ।

संघका अनुसार एनआरएनएको सदस्यता भर्न अनलाइन मार्फ़त लिंक वा स्मार्ट एनआरएनए एपमा गएर फ़ाराम भर्नुपर्ने छ । पुराना सदस्यको लागि नविकरण गर्दा सदस्यता शुल्क १०० डेनिस क्रोनर तथा नयाँ सदस्यता शुल्क १२५ डेनिस क्रोनर तोकिएको संघले जनाएको छ । शुल्क बैंक एकाउण्ट वा मोवाइल पे मार्फ़त तिर्नपर्नेछ । सदस्यता शुल्क बुझाउँदा आफ्नो पूरा नाम स्पष्ट लेख्नु पर्ने र सबै रित पुगेकाको मात्र सदस्यता प्रमाणीत हुने जनाइएको छ ।

स्मार्ट कमिटिमा समेत रहनु भएको एनआरएनए डेनमार्कका युवा संयोजक सशी श्रेष्ठले एमआइएस सिस्टममा सबैको ब्यक्तीगत डाटा सुरक्षीत हुने र यो पहिलो पटक नयाँ प्रयोगमा ल्याउन लागिएको बताउनु भयो । यो सिस्टम हाम्रै लागि बनाइएकाले स्मार्ट एनआरएनए अभियानमा सबै सरिक हुनुपर्ने उहाँको भनाइ छ ।

कोभिडका कारण डेनमार्कले निर्वाचनको मिति घोषणा गरिसकेको छैन । एनआरएनएको विधान अनुसार हरेक देशको अधिवेशन जुलाई महिनाभित्र गर्नुपर्ने व्यवस्था गरिएको छ ।


प्रकाशित | २० जेष्ठ २०७८, बिहीबार १३:५८