काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिबारे निर्णय लिने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । बिहीबार बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले बरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई यसअघि पार्टीबाट गरिएको ६ महिना निलम्बनको कारबाही पनि फुकुवा गरेको छ ।
प्रकाशित | ३० बैशाख २०७८, बिहीबार १२:५६