एनआरएनए अमेरिकामा पारदर्शीता र संस्थागत सुधारको लागि मेरो उम्मेदवारी : विनोद भट्ट, महासचिव उम्मेदवार

टेक्सस । गैर आवासीय नेपाली संघ ९एनआरएनए ० अमेरिकाको आसन्न निर्वाचनमा विनोद भट्टले महासचिवको पदमा उम्मेदवारी दिनुभएको छ । एनआरएनए अमेरिकालाई संस्थागत सुधार र परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्यले भट्टले महासचिव पदमा उम्मेदवारी दिनुभएको हो ।

भट्टले मतदाताहरुलाई भन्नुभएको छ, ‘तपाई मेरो मन भित्रै हुनुहुन्छ, भेट्न आएन, फोन गरेन, भोट मागेन नभनिदिनुहोला । तपाई बिना मैले केहि गर्न सक्दिन, आखिर मैले तपाईहरुकै काम गर्ने हो। आफै चुनावमा उठ्नु र अरुलाई सघाउनु निकै फरक रहेछ ।अहिले यति मात्रै भन्छु , जिते पनि हारे पनि आगामी २ बर्ष एनआरएनएका लागि लागिपर्छु ।’

निकै सालीन र भद्र स्वभावको भट्ट सामाजीक क्षेत्रमा सक्रिय हुनुहन्छ । एनआरएनए अमेरिकामा पारदर्शीता र संस्थागत सुधारको लागि आफ्नो उम्मेदवारी भएको स्पष्ट पार्नुभयो । संस्थालाई सबैको अपनत्व हुने गरि सााझा बनाउन र उदाहरणीय एनसिसी बनाउन आफ्नो पहल हुने पनि भट्टले बताउनुभयो ।अध्यक्षका प्रत्यासी कृष्ण लामिछानेको टिमबाट महासचिवमा उम्मेदवारी दिनुभएको भट्ट क्यालीफोनीया बासी हुनुहुन्छ ।


प्रकाशित | २१ बैशाख २०७८, मंगलवार ११:१४