एनआरएनए अमेरिकाको उपाध्यक्ष पदमा प्रविण केसीको उम्मेदवारी

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा प्रविण केसीले उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् अन्तरगत गठित फाइनान्स कमिटी टास्कफोर्सको सह- संयोजक समेत रहनु भएको केसीले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो ।

सामाजीक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको केसी बौद्धिक ब्यक्तीत्वको रुपमा परिचीत हुनुहुन्छ । एनआरएनए अमेरिकालाई अगाडि बढाउन नेतृत्व क्षमता राख्नुहुने केसी संस्थाभित्र इमान्दार, सक्षम र संस्थाको भावना बुझेका ब्यक्तीहरु आवश्यक रहेको बताउनुहुन्छ ।

नेतृत्व क्षमता असाधारण भएका केसी एनआरएनए अमेरिकालाई विश्वभरिका एनसिसीमध्येको उदाहरणीय र नमूना बनाउनुपर्छ भन्ने विचार राख्नुहुन्छ । एनआरएनए जस्तो प्रवित्र संस्थालाई सबैको भावना कदर गर्दै सबैले अपनत्व हुने बनाउन जरुरी रहेकोमा जोड समेत दिनुहुन्छ । हरेक नेपालीको दुख सुखमा सदैव साथ र सहयोग गर्नुहुने केसीलाई बलियो उम्मेदवारको रुपमा समेत लिइएको छ ।


प्रकाशित | २० बैशाख २०७८, सोमबार ११:५४