एनआरएनए अमेरिकाको सह-कोषाध्यक्ष पदमा युवा व्यवसायी विकल ढकालको उम्मेदवारी

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा टेक्ससका युवा व्यवसायी विकल ढकालले सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । आर्थिक पारदर्शीता र संस्थामा ब्यापक सुधारको भिजनसहित ढकालले सह-कोषाध्यक्षमा उम्मेदवारी दिनु भएको हो ।

संस्थाभित्र आर्थिक अनुशासन, पारदर्शीता र मितब्ययीता मूल मन्त्र अगाडि सार्दै आफूले उम्मेदवारी दिएको ढकालले बताउनुभयो । ‘संस्थालाई सर्वमान्य, सर्वपक्षीय र सबैको साझा संस्था बनाउनको लागि आर्थिक पारदर्शीता अनीवार्य छ, अझ अमेरिका जस्तो देशमा त यो झनै आवश्यक छ’, ढकालले भन्नुभयो ।

विद्याथीका रुपमा अमेरिका आउनुभएको विकल एक सामाजीक अभियन्ताको रुपमा समेत परिचीत हुनुहुन्छ । समाजको लागि केहि गरौ भन्ने भावना भएका विकल विभिन्न ब्यवसायमा समेत आबद्ध हुनुहुन्छ ।

युवा व्यवसायी विकलको अहिले स्टोर, होटल, रियल स्टेट लगायतमा लगानी रहेको छ । नेपालमा पनि उहाँको धेरै क्षेत्रमा लगानी छन् । उहाँको व्यवसायमा करिब १ सय जनाले रोजगार पाइरहेका छन् ।

विकल आफूले सञ्चालन गरिरहेका विभिन्न व्यवसायमा वित्तीय पारदर्शीता कामय गर्न सफल भएको, साझेदार, सहकर्मी कर्मचारी, बैंक लगाययमा विषयमा अनुभव भएको कारणले यो अनुभवलाई एनआरएनएमा कार्यान्वयन गर्दै संस्था सुधार गर्न लागिपर्ने बतानुहुन्छ ।


प्रकाशित | २० बैशाख २०७८, सोमबार ०९:३७