एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदमा राजेन्द्र जोशी (जोशी बाबु ) को उम्मेदवारी

टेक्सस । गैर आवासिय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा राजेन्द्र जोशी (जोशी बाबु ) ले बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिनु भएको छ । आगामी मे २९ र ३० तारिखमा हुने निर्वाचनका लागि जोशीले बोर्ड अर्फ डाइरेक्टर पदमा उम्मेदवारी दिनु भएको हो ।

जोशीले उम्मेदवारी दर्ता सँगै आफ्नो सम्पूर्ण तयारी पूरा भएको जनाउनुभएको छ । करिब १ दशकदेखि क्यार्लिफोनिया स्थित सानफ्रान्सीकोमा बस्दै आउनुका जोशी सामाजिक काममा पनि निकै सक्रिय हुनुहुन्छ । । अमेरिकामा सामाजीक अभियन्ताको रुपले परिचीत जोशी नेपालको लमजुगं बेसीशहर नगरपालिका वडा नम्बर १ मा जन्मनु भएको हो ।

जोशीले एसएलसी बेसीशहरबाट गर्नुभयो । उच्च शिक्षा राजधानी काठमाडौँबाट गर्नुभयो ।  त्यसपछि अमेरिका प्रस्थान गर्नुभएको जोशीले आफ्नो उम्मेदवारी संस्थालाई गर्व गर्न लायक बनाउन र नेपाली समुदायको दुख सुखमा साथ दिन रहेको स्पष्ट पार्नुभयो ।


प्रकाशित | १९ बैशाख २०७८, आईतवार २१:४६