एनआरएनए अस्ट्रेलियाको अध्यक्ष पदमा डीला खरेलले उम्मेदवारी दिने

सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अस्ट्रेलियाको अध्यक्ष पदमा  डीला खरेलले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । यस अघि संघमा कोषाध्यक्ष र प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसक्नु भएको खरेलले आगामी (२०२१-०२३) कार्यकालको लागि अध्यक्ष पदमा  उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

एनआरएनए अस्ट्रेलियामा सन् २००६ देखि आबद्ध रहँदै आउनुभएको खरेलले सन् (२०१५-०१७) कार्यकालमा कोषाध्यक्ष र (२०१७-०१९) को कार्यकालमा प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । एनआएनए अस्ट्रेलियामा विगत १५ वर्ष देखी समालेको अनुभवका आधारमा  नेतृत्वको लागि अगाडि बढ्ने निर्णय गरिएको खरेलले बताउनुभयो ।

‘नेतृत्व गर्ने अवसर पाए एनआरएनएको मूलभूत मान्यता अनुरूप यसको उद्देश्य, मिसन, भिजन र एजेण्डाको कार्यान्वयन गराउनु मेरो प्रमुख ध्येय रहनेछ ।’

एनआरएनए सबैको, दायित्व हाम्रो ,अनी नेतृत्व युवा को’ भन्ने मूल नारा लिएर अस्ट्रेलिया स्थित आठै राज्य, विभिन्न शहर र ठाउँहरुमा म तपाई हरु सँग प्रत्यक्ष संवाद गर्न, छलफल गर्न, राय, सल्लाह, सुझाव तथा माया, स्नेह, आशीर्वाद लिनका लागि आउने नै छु’, खरेलले उम्मेदवारी घोषणा गर्दै भन्नुभएको छ ।

साथै उहाँले अबको नेतृत्व सक्षम, इमानदार र अनुशासित युवा हुनुपर्नेमा जोड दिनुभयो । नेतृत्व गर्ने अवसर पाए एनआरएनको मूलभूत मान्यता अनुरूप यसको उद्देश्य, मिसन, भिजन र एजेण्डाको कार्यान्वयन गराउनु प्रमुख ध्येय रहने उहाँले बताउनुभयो ।

उहाँले आफूले औपचारिक रुपमा प्रतिबद्धतासहित चाँडै उम्मेदवारी घोषणा गरिने पनि जानकारी गराउनुभयो ।  लेखा तथा वित्तीय ब्यवसायमा आबद्ध खरेल प्राध्यापक समेत हुनुहुन्छ । अष्ट्रेलियामा आगामी जुलाई ३१ मा निर्वाचन हुँदैछ ।


प्रकाशित | १९ बैशाख २०७८, आईतवार १७:३९