एनआरएनए अमेरिकाको नेतृत्व गर्न सक्षम छु : डा. अर्जुन बन्जाडे (अन्तर्वार्ता )

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरुले चुनावी प्रचार अभियान तीब्र बनाएका छन् । एनआरएनए अमेरिकामा यस पटक नेतृत्वका लागि चार जना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । जस मध्येका एक हुनुहुन्छ डा. अर्जुन  बन्जाडे। एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका उनै बन्जाडेसँग निर्वाचनका विषयमा केन्द्रित भएर विश्व सन्देशका लागि प्रधान सम्पादक किरण बुढाथोकीले कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, अध्यक्षका उम्मेदवार बन्जाडेसँग गरिएको कुराकानीको सम्पादीत अंश;-

तपाईको अध्यक्षमा उम्मेदवारी किन ?

मैलै विगतमा अमेरिकाका विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेको छु । मैले अझै बढी जिम्मेवारी लिएर काम गर्न सक्छु र योगदान दिन सक्छु भन्ने लागेर नेतृत्वको लागि अगाडि बढिरहेको छु । मैले यसअघि वरिष्ठ उपाध्यक्ष पदमा चुनाव लडे र काम गर्ने अवसर पाए । काम गर्दै जादा संस्थाको लागि केही नयाँ काम गर्न सकिन्छ र एनआरएनलाई एक स्टेप अगाडि लग्न सकिन्छ भनेर अग्रसर छु । मैले विगतमा काम गर्दाको अनुभवका आधारमा संस्थालाई एक स्टेप अगाडि लग्नका लागि म सक्षम छु र लानुपर्ने मेरो दायीत्व पनि हो । मैले सिकेको कुरालाई प्रयोग गरी नेपाली समाजलाई अगाडि लग्नका लागि लागिपर्नु पर्छ भन्ने भावनाबाट प्रेरित भएर मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ ।

नेतृत्वको लागि अग्रसर भइरहँदा यहाँले एनआरएन अभियानमा हालसम्म पुर्याउनु भएको योगदान बारे बताइदिनुस् न ?

गैर आवासीय नेपाली संघ अमेरिकामा शूरुमा एक कार्यकाल एजुकेशन टाक्सफोर्सको चियर भएर मैले काम गरे । त्यसपछि बोर्ड अफ डाइरेक्टर भएर काम गर्दै जादा मलाई दिइएको विशेष जिम्मेवारी अमेरिकाको मेन स्ट्रिममा कसरी नेपालीहरुलाई पुर्याउन सकिन्छ र एनआरएनएले त्यसमा कसरी सहयोग गर्न सक्छ भन्ने थियो । सो जिम्मेवारी मैले कुशलतापूर्वक निर्वाह गरे । यस्तै, मैले वरिष्ठ उपाध्यक्षको रुपमा काम गर्दै जादा मैले गरेका सबैजसो कामहरुमा मेरो संलग्नता रह्यो । संस्थाले गरेका सबै कामहरुको जस र अपजस दुबैको भागिदार छु । कतिपय राम्रा कामहरु भएका छन्, त्यसमा पनि मेरो संलग्नता रहेको छ । केही कमी कमजोरी भए भने त्यसको जिम्मेवार म पनि छु । त्यसबाट मैले पाठ सिकेर अघि बढ्नु पर्छ भन्ने मान्यता राखेर अघि बढ्ने व्यक्ति हुँ । त्यसैले अहिलेसम्म संस्थाले गरेका सबै कामहरुमा वरिष्ठ उपाध्यक्षको हैसियतले मेरो सहभागिता रहेको नाताले ती सबैमा मेरो आफ्नो खालको भूमिका रहेको छ । कमी कमजोरी भए सुधार गर्दै लाने र अन्य नयाँ नयाँ काम गर्दै जानुपर्छ भन्ने मान्यताले अघि बढिरहेको छु । यो नै मैले अहिलेसम्म पुर्याएका र गरेका योगदानहरु हुन् ।

विगतमा काम गरेको अनुभव र भोलीका दिनमा सुधार गरेर अघि बढ्नका लागि यसको कार्यक्षेत्र बारे अध्ययन भएको व्यक्ति भएको नाताले म नेतृत्व गर्न सक्षम छु ।

एनआरएनए अमेरिकाका अहिलेका प्रमुख मुद्धाहरु के–के हुन् ?

गैर आवासीय नेपाली संघ स्थापना हुँदा जुन उदेश्य लिइएको थियो अहिले पनि त्यही मुद्धा प्रमुख रुपमा रहेका छन् । विशेषत नेपालीलाई नेपालसंग कसरी जोड्ने भन्ने हो । र, त्यसमा एक पटकको नेपाली सधैको नेपाली भन्न त भनिएको छ तर त्यसलाई कार्यान्वयन तहमा लैजान सकिएको छैन । नेपाली नागरिकताको निरन्तरताको जुन मुद्धा थियो त्यो मुद्धामा अगाडि बढ्दै जाँदा सन् २०१५ को संविधान आउँदा गैर आवासीय नागरिकता भनेर व्यवस्था गरियो । हामीले त्यतिमै पनि चित्त बुझाएका थियौं । तर त्यो सम्बन्धि कानुन नबनिरहेको अवस्था छ । यहाँ धेरै मानिसहरुको सरोकारको विषय भएकाले त्यसलाई लजिकल ग्रुपमा पुर्याउन आवश्यक छ । यो कुरालाई फाइनल गर्नु पर्छ । त्योसँग सम्बन्धित अन्य कुराहरु पनि रहेका छन् । जससँंग जोडिएका कुराहरु र विभिन्न विषयहरुलाई पनि हामीले गैर आवासीय नेपालीहरुसँंग सम्बन्धित कामहरु अघि बढाउनु पर्छ भन्ने नै महत्वपूर्ण मुद्धा हो । यो धेरै नेपालीहरुको चासोको विषय रहेको छ । दोस्रो, नेपालीहरुको सरोकारको विषय भनेको हामी नेपालीहरु जहाँ रहन्छौं त्यही देशमा हाम्रा सरोकारका विषयहरुलाई हामी कसरी ह्यान्डिल गर्न सक्छौं भन्ने हो । चाहे त्यो मेन स्ट्रिममा जाने सवालमा हुन सक्छ वा नेपालीहरुलाई भैपरी आउने विषयमा हुन सक्छ, त्यसलाई अस्थायी रुपमा लोकल संस्थाले गर्ने काम गरेर हैन की स्थायी समाधान के निकाल्न सकिन्छ त्यतातिर हाम्रो मुद्धाको रुपमा अघि जानु पर्छ र त्यसलाई नै फोकस गर्नुपर्छ भन्ने मैले देखेको छु । यस्तै, संरचनात्मक कुराहरुलाई लिएर पनि धेरै कुराहरु गर्नुपर्ने देखिन्छ । अन्य विभिन्न गर्नै पर्ने कामहरुलाई बुदाँगत रुपमा मैले आफ्नो चुनावी घोषणापत्रमा पनि राखेको छु । म अगाडि बढ्दा ती कामहरुलाई आत्मसात् गर्दै कसरी कार्यान्वयन गर्न सकिन्छ त्यतातिर म केन्दि«त हुनेछु ।

नेतृत्वका लागि अन्य उम्मेदवारहरु पनि चुनावी मैदानमा हुनुहुन्छ, मतदाताहरुले यहाँलाई नै किन चुन्ने ?

मैले एनआरएनएको विभिन्न पदमा रहेर गरेका कामहरु, संस्थाको सबै प्रोजेक्टमा सहभागि जनाएर गरेका कामहरुको अनुभव, नेपाल तथा अमेरिकामा संस्थालाई नयाँ ढंगबाट अगाडि लान सक्ने र बुझेको व्यक्ति भएको कारणले म नेतृत्व गर्न सक्षम छु । विगतमा काम गरेको अनुभव र भोलीका दिनमा सुधार गरेर अघि बढ्नका लागि यसको कार्यक्षेत्र बारे अध्ययन भएको व्यक्ति भएको नाताले म नेतृत्व गर्न सक्षम छु । यस्तै भोलीका दिनमा संस्थालाई एक स्टेप अगाडि बढाउनका लागि सक्षम ब्यक्ति भएको र मतदाताहरुले पनि त्यही मूल्यांकन गर्नु भएको कारणले पक्कै पनि उहाँहरुले मलाई भोट दिएर जिताउनु हुन्छ भन्ने लागेको छ ।

म गएका स्थानहरुमा सबै जनाले अन्य अन्तरक्रियात्मक कार्यक्रमहरु भन्दा तपाईको कार्यक्रम फरक लाग्यो भन्नुहुन्छ । मैले सुन्ने र सुनाउने दुवै काम गरिहको छु । यो कुरालाई साथीहरुले पनि स्वीकार गर्नु हुन्छ ।

चुनावी प्रचार अभियानलाई कसरी अगाडि बढाइरहनु भएको छ ?

म चुनावी प्रचारप्रसार भन्दा पनि सबैका कुरा सुनौ र आफ्ना कुरा पनि सुनाउ भन्नेमा नै केन्द्रित छु । नेपाली समाजले के चाहिरहेको छ ? अहिलेसम्म हामीले गरेका काम कारबाहीमा के–के कमी कमजोरी भए ती गुनासोहरु पनि सुन्न आवश्यक छ । अहिले म अमेरिकाका विभिन्न राज्यहरुमा अन्तरक्रियात्मक कार्यक्रमहरुमा सहभागी भइरहेको छु । यसरी विभिन्न राज्यहरुमा सहभागि बनिरहदा एनआरएनएमा के–के छन् त सरोकारका विषयहरु भन्ने बारे छलफल भइरहेको छ । ती सरोकारका विषयहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने बारे नै छलफल भइरहेको छ । यतीबेला धेरै कुराहरु सिक्ने मौका पनि मिलीरहेको छ । त्यसैले यो एउटा चुनावी प्रचार-प्रसार मात्रै नभएर सुन्ने र सुनाउने अवसर हो । यसले दुवै पक्षलाई अहिले के भइरहेको छ ? त्यसलाई कसरी सोच्न सक्छौ र त्यसमा म कसरी अघि बढ्न सक्छु भन्नेमा नै मेरो जोड छ । साथीहरुको सुझावहरुलाई पनि सुन्ने अवसरको रुपमा मैले लिएको छु । म यहि अभियानमा निरन्तर रुपमा लागिरहेको छु र लागिरहन्छु ।

यस संस्थाले गर्न सक्ने कामहरु धेरै नै छन् । यस संस्थाले गर्ने कामको आधारमा जहाँ तपाई हाम्रै सरोकारका विषयहरु जेडिएका छन् । त्यसैले तपाई हामीले संस्थालाई गर्व गर्न लायक बनाउन जरुरी छ ।

अमेरिकाबासी नेपाली समुदायबाट के -कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

प्रतिक्रिया भन्दा पनि सबै जनाले चासो दिएर सुन्नु हुन्छ । म गएका स्थानहरुमा सबै जनाले अन्य अन्तरक्रियात्मक कार्यक्रमहरु भन्दा तपाईको कार्यक्रम फरक लाग्यो भन्नुहुन्छ । प्रत्येक कार्यक्रममा मैले आफुले गरेका कामहरुको अनुभव के रह्यो र भोली म के गर्न चाहान्छु ? मेरा एजेण्डाहरु के हुन् ? त्यसैमा मात्र म फोकस भएको हुन्छु । मैले सुन्ने र सुनाउने दुवै काम गरिहको छु । यो कुरालाई साथीहरुले पनि स्वीकार गर्नु हुन्छ । खुल्ला रुपमा हाम्रो अन्तरक्रिया हुन्छ र म संस्थालाई नयाँ ढंगबाट अगाडि बढाउन चाहान्छु । संस्थालाई अगाडि बढाउनका लागि बौद्धिक व्यक्तिको आवश्यक पर्छ । तपाई त्यो गर्न सक्नुहुन्छ भन्ने खालका प्रतिक्रियाहरु आइरहेका छन् ।

अन्तमा अमेरिकाबासी नेपालीहरुलाई के अपिल गर्न चाहानुहुन्छ ?

एनआरएनए संस्था भनेको तपाई हाम्रै संस्था हो । यसबाट हामी अलग रहेर बस्न सक्ने अवस्था छैन । यस संस्थाले गर्न सक्ने कामहरु धेरै नै छन् । यस संस्थाले गर्ने कामको आधारमा जहाँ तपाई हाम्रै सरोकारका विषयहरु जेडिएका छन् । त्यसैले तपाई हामीले संस्थालाई गर्व गर्न लायक बनाउन जरुरी छ । तपाई हाम्रो इन्ट्रेस्टमा काम गर्न सक्ने सक्षम संस्थाको रुपमा विकास गर्न आवश्यक छ । त्यसैको माध्यमबाट मात्र तपाई हामी सबैको भलाई हुने भएकोले यसको नेतृत्व छान्दा अमेरिकालाई सुहाउने किसीमको नेतृत्व छान्नुहोस् त्यो तपाईको आफ्नो रोजाई हो । मलाई छान्नुहोस् वा अरुलाई छान्नुहोस् । म पनि एउटा उम्मेदवार हुँ । मैले भन्दा मलाई छान्नुहोस् भन्छु । तपाईहरुको आफ्नो विश्लेषण हो । तपाईहरुको विश्लेषणमा अमेरिकाको निम्ति सुहाउँदो नेतृत्व म हुन्छु भन्ने लाग्छ भने अवश्य पनि मलाई भोट दिएर निर्वाचीत गराउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु र तपाईहरुले अपेक्षा गरे भन्दा एक स्टेप अगाडि लगेर हाम्रा चासोका विषयहरुमा इमान्दार भएर काम गर्नेछु भन्ने सबै साथीहरुसंंँग म बाचा गर्न चाहान्छु । धन्यवाद ।


प्रकाशित | १८ बैशाख २०७८, शनिबार २०:०७