गुटबन्दीमा रमाउने मान्छे बाहेक अन्य सबै मेरो पक्षमा हुनुहुन्छ: कृष्ण लामिछाने (अन्तर्वार्ता )

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न चुनावलाई मध्यनजर गर्दै उम्मेदवारहरुले चुनावी अभियानलाई तीब्र रुपमा अगाडि बढाइरहेका छन् । त्यस्तै, अमेरिकाको नेतृत्वको लागि आफूलाई बलियो उम्मेदवारको रुपमा प्रस्तुत गरिरहनु भएको  कृष्ण लामिछाने पनि चुनावी मैदानमा हुनुहुन्छ । उनै लामिछानेसँग विश्व सन्देशका लागि प्रधान सम्पादक किरण बुढाथोकीले निर्वाचनको विषयमा केन्द्रित भएर कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंश:-

तपाईको अध्यक्षमा उम्मेदवारी किन ?

अध्यक्षको उम्मेदवारी पोजीसन भन्दा पनि अमेरिकाको एनसीसी सुरुवात देखि नै कुनै न कुनै कालखण्डमा अप्ठ्यारो परिस्थितिबाट गुज्रिदै आएको छ । यो संस्थालाई सर्वमान्य, सर्वपक्षीय र अमेरिकाबासी मात्रै नभएर विश्वका सबै नेपालीहरुले विश्वास गर्न लायक बनाउनका लागि यो संस्थाको विधी विधान र यसको सदस्यता, निर्वाचनमा जुन विवाद र असहज परिस्थितिमा छ त्यसलाई ट्रयाकमा ल्याउनका लागि मेरो उम्मदेवारी हो । साथै अर्को अर्थमा यी सबै बेथिती र अब्यवस्थित प्रद्धतिलाई पूर्ण रुपमा परिवर्तन गर्नका लागि मेरो उम्मेदवारी हो ।

एनआरएनए अमेरिकालाई सही ट्रयाकमा ल्याउनको लागि यहाँका एजेण्डाहरु कस्ता छन् ?

उम्मेदवारको आफ्नै चुनावी एजेण्डा हुँदैन। कुनै पनि उम्मेदवारलाई आइसीसीको विधानले नै काम, कर्तव्य अधिकार बारे प्रष्ट लेखेको हुन्छ । यो नेपाल सरकारसँग पनि कनेक्टेड र यूएस सरकारसँग पनि सम्बन्धित भएको कारणले हामी जो–जो उम्मेदवार छौं ती उम्मेदवारहरुले घोषणापत्र, एजेण्डा भनिरहनु भन्दा पनि विगतमा भएका राम्रा कामहरुलाई समेटेर लाने र अहिले नेपालीहरु जो अमेरिकामा बसेका छन् उनीहरुको समस्या पहिचान गरेर सम्बोधन गर्ने नै मेरो चुनावी एजेण्डा हो ।

दोस्रो कुरा, हामी चुनावमा भोटका लागि युवा, महिला तथा दोस्रो पुस्ताको कुरा गर्छौ तर हालसम्म युवा, महिला तथा दोस्रो पुस्ताका लागि न एनसीसीले न आइसीसीले त्यस्तो कुनै प्रभावकारी काम गरेको छ । उनीहरुको सहभागिता बढाउँदै प्रभावकारी कामहरु गर्नको लागि म सँग प्रशस्त भिजनहरु छन् । म २० वर्ष देखि अमेरिकाको सबैभन्दा ठूलो राज्यमा बसोबास गर्छु जहाँ नेपालीहरु ठूलो संख्यामा हुनुहुन्छ । यहाँ रहँदा यो अवधिमा मैले विभिन्न सामाजीक संघसंस्थामा रहेर नेतृत्वदायी भूमीका निर्वाह गरिसकेको छु । त्यहाँ युवा भन्दा पनि दोस्रो पुस्ता, विद्यार्थी र महिलाहरुलाई मैले सहभागी गराएर धेरै कार्यक्रमहरु गरेको छु । त्यही अनुभवका कारणले पनि म युवा, दोस्रो पुस्ता, विद्यार्थी तथा महिलाहरुको लागि प्रभावकारी कार्यक्रम ल्याएर अगाडि बढ्न चाहान्छु ।

एनआरएनए अभियानमा यहाँले हालसम्म पुर्याउनु भएको योगदान बारे बताइदिनुस न  ?

सन् २००७ देखी म एनआरएनको आधिकारीक सदस्य छु । सन् २००७ मा सायद त्यो पहिलो नेपाली नागरिकता मस्यौदा समिति बनेको थियो जतिबेला अम्बिका अधिकारी त्यसको चियर हुनुहुन्थ्यो । त्यो बेलामा टाक्सफोर्समा पनि जम्मा ५ जना राखेको थियो त्यसमध्ये म पनि एक थिए । गैर आवासीय नेपाली नागरिकताको विषयमा पहिलो ड्राफ्ट नै हाम्रो टिमको नेतृत्वमा भएको थियो । त्यो दिन देखी नै म निरन्तर एनआरएनएमा छु । यसको अलवा एनआरएनएको आइसीसीको विभिन्न टाक्सफोर्सको को–चियर र चियरको रुपमा मैले काम गरिसकेको छु ।

एनआरएनए अमेरिकामा रहेका बद्मासीहरुलाई बाहिर निकालेर नेपाली समाजको लागि एउटै साझा संस्था र सबैको प्रिय फुलबारी बनाउनका लागि मलाई मतदान गर्नुहुन्छ भन्नेमा पूर्ण विश्वस्त छु ।

त्यस्तै शंखमूल पोजेक्टको लागि अमेरिकामा मैले चियर भएर काम गरेको छु । शंखमूल परियोजनामा अमेरिकाबाट सबैभन्दा बढी हामीले नै डोनेशन उठाउन सफल भएका थियौ । त्यो मेरै नेतृत्वमा उठेको हो । त्यस्तै, एनआरएन भवन बनाउँदा खेरी पनि अमेरिकामा म आफैले कोडिनेट गरेर त्यो बेला सबैभन्दा ठूलो कार्यक्रम सम्पन्न भएको थियो । त्यो बेला तत्कालीन आइसिसी अध्यक्ष शेष घले हुनुहुन्थ्यो । उहाँ कार्यक्रममा आउनुभएको थियो । हामीले अमेरिका भरिमै सबैभन्दा बढी डोनेशन म कोडिनेटर भएको कार्यक्रमले उठाइएको थियो। त्यसपछि म एनसीसीको बोर्ड अफ डाइरेक्टर भए । म एनसीसीको बोर्ड अफ डाइरेक्टर हुँदा विश्वमै र एनआरएनले नगरेको काम मेरो कार्यकालमा भएको थियो ।

 मैले नेपाली भाषाको एक कक्षा देखी ६ कक्षासम्म पढ्न, लेख्न र बोल्न सक्ने किताब प्रकाशन गरेको छु उक्त पुस्तक हाल आइसीसीको वेभसाइटमा पनि राखिएको छ । यो भन्दा ठूलो दुरगामी प्रभाव पर्ने काम एनआरएनएको लागि अरु के हुन सक्छ ?

त्यस्तैगरि, मैले नेपाली भाषाको एक कक्षा देखी ६ कक्षासम्म पढ्न, लेख्न र बोल्न सक्ने किताब प्रकाशन गरेको छु । उक्त पुस्तक हाल आइसीसीको वेभसाइटमा पनि राखिएको छ । यो भन्दा ठूलो दुरगामी प्रभाव पर्ने काम एनआरएनएको लागि अरु के हुन सक्छ ? आइसीसीले पनि गर्न नसकेको यस्तो काम मैले गरेको छु । आइसीसीले गरेका ठूला प्रोजेक्ट भन्दा पनि ठूलो प्रोजेक्ट हो यो जसले नेपाली भाषा, संस्कृती, धर्म रीतिरिवाज जोड्छ । एनआरएनको मूख्य एजेण्डा र उदेश्य पनि यही हो । अहिले पनि म एनआरएन आइसीसीको भाषा समितिको चियर छु । अहिले फेरि अर्को नैतिक शिक्षा किताब निस्कदैछ जुन ५२ च्याप्टरको नेपाली र अंग्रेजीमा छ । यसको अर्थ हामीले प्रवासमा बस्ने गैर आवासीय नेपालीको लागि र विशेष गरि दोस्रो पुस्तालाई नेपालसँग जोड्ने काम गरेका छौ । अर्थात मोरल एजुकेशनको काम हामीले गरेका छौ ।

हामीले स्थानीय लेभलमा त धेरै वटा कामहरु गरेका छौ । अहिले साथीहरुले मेम्बरसीप बढाएको भन्ने कुरा गर्नुहुन्छ, तर त्यसमा मैले निकै ठूलो कसरत गरेको छु । योगदान शून्य प्राय भएका ब्यक्तीहरुले मिडियाबाजी र भाषण गर्दै हिड्नु कति पनि सुहाउने कुरा होइन । यो कुरा अमेरिकाबासी नेपालीको लागि मात्र नभई सिंगो गैर आवासीय नेपाली समुदायले बुझेको छ ।

चुनावी प्रचारप्रसार अभियानमा हुनुहुन्छ,, मतदाताहरुबाट के–कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

तपाई आफैं हेर्नुहोस् सामाजिक सञ्जालमा हाम्रो पक्षमा माहौल बन्दै गएको छ । अमेरिकाका विभिन्न राज्यमा मैले १६ वटा कार्यक्रमहरु गरिसकेको छु । हालसम्मको तथ्यांक भन्नुपर्दा अन्य उम्मेदवार भन्दा मैले ६० प्रतिशत बढीले नेतृत्व गरिरहेको छु । प्रत्येक राज्यका कार्यक्रमहरुमा मानिसहरुकोे उत्साहजनक रुपमा सहभागि हुनुभएको छ । उहाँहरुले निकै चासोका साथ हाम्रा कुराहरु सुनिरहनु भएको छ । कार्यक्रममा हल बाहिर बसेर सुन्नुभएको छ । भर्याङमा बसेर पनि साथ दिनु भएको छ । उभिएर सुनिदिनु भएको छ ,। अहिलेसम्म अमेरिकामा भएको बेथितिको विरुद्धमा कृष्ण लामिछाने नै एउटा उम्मेदवार हो, सामाजिक प्राणी हो, इमान्दार छ, झुट बोल्दैन, समाजमा गरेर देखाइसकेको छ भन्ने कुरामा विश्वास गर्नुहुन्छ ।

मेरो पक्षमा इमान्दार समाजसेवी सम्पूर्ण साथीहरु हुनुहुन्छ । गुटबन्दीमा
रमाउने मान्छे बाहेक अन्य सबै मेरो पक्षमा हुनुहुन्छ । एनआरएनएको संस्थापक सदस्यदेखि खगेन्द्र जीसी सम्मका सम्पूर्ण पूर्व सभापतिहरु कृष्ण लामिछानेको समर्थनमा हुनुहुन्छ ।

त्यस्तै, कृष्ण लामिछानेले करोडौं उठाएर नेपाल पठाइसकेको छ । करोडौं उठाएर अमेरिकामा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई दुःख पर्दा सहयोग गरेको छ । अमेरिका भरी नै नेपाली स्कुलको सुरुवात कृष्ण लामिछानेले गरेको छ । ड्यालस कम्युनीटीमा विश्कै सबैभन्दा ठूलो मन्दिरको नेतृत्व गरेको छ । नेपालमा भूकम्प जाँदा धेरै चोटी नेपाल गएको छु । बाढी पहिरो तथा आगलागी हुँदा पीडितहरुलाई राहत दिनको लागि उत्तिकै सहभागिता जनाएको छु । यस्तै धेरै पिडाहरुमा मल्लम लगाउँन म पुगेको छु । त्यस कारणले पनि मेरो पक्षमा इमान्दार समाजसेवी सम्पूर्ण साथीहरु म सँग हुनुहुन्छ । गुटबन्दीमा रमाउने मान्छे बाहेक अन्य सबै मेरो पक्षमा हुनुहुन्छ । एनआरएनएको संस्थापक सदस्यदेखि खगेन्द्र जीसी सम्मका सम्पूर्ण पूर्व सभापतिहरु कृष्ण लामिछानेको समर्थनमा हुनुहुन्छ साथै जो परिवर्तनकारी हुनुहुन्छ उहाँहरुको हामीलाई पूर्ण साथ र समर्थन छ ।

ठूला कुरा गरेर म यो गर्छु त्यो गर्छु भन्दिन, संस्थाको सदस्य बनौ बनौ लाग्ने वातावरण सिर्जना गर्छु । यहाँभित्र रहेको बेथीतिलाई म व्यवस्थित गर्छु र एनआरएनएलाई साझा संस्था बनाउन म लागिपर्छु ।

अध्यक्षमा अन्य उम्मेदवार पनि प्रतिस्पर्धामा हुनुहुन्छ , यहाँलाई नै मतदाताले किन चुन्ने ?

अन्य उम्मेदवारहरु टाई लगाएर हिड्नुहुन्छ, मञ्चमा बस्नुहुन्छ, खादामाला लगाउनु हुन्छ । म भुईमा बस्छु, म भुई सफा गर्छु, बाथरुम सफा गर्छु, मान्छे मर्दा लास बोक्न म पुग्छु । बिरामी हुँदा अस्पतालमा सान्त्वना दिन म पुग्छु, । हिजो मात्रै अस्पतालमा बिरामीलाई भेट्न म पुगे । मैले गरेको सामाजिक कामहरुको अमेरिकाबासीहरुले मात्र हैन विश्वभरी रहेका नेपालीहरुले गर्नु भएको मूल्याकंन नै मेरो उम्मेदवारी र मलाई भोट आउने स्रोत हो ।

अन्त्यमा अमेरिकाबासी नेपालीहरुलाई के अपिल गर्न चाहानु हुन्छ ?

अमेरिकाबासी नेपालीहरुलाई मेरो एउटै अपिल छ, तपाईहरुले आजसम्म अमेरिकाको निर्वाचनमा विवाद झै–झगडा, नक्कली मतदाता, नक्कली निर्वाचन परिणाम भनेर जुन कमेन्ट गरिरहनु भएको छ त्यसबाट मुक्त हुनका लागि, सम्पूर्ण रुपमा परिवर्तन गर्नका लागि र तपाईहरुले चाहानु भएको र तपाईहरु सम्पूर्णको साझा उम्मेदवार म हो । एनसीसीमा परिवर्तनका लागि र त्यहाँभित्र भएका बद्मासीहरुलाई बाहिर निकालेर नेपाली समाजको लागि एउटै साझा संस्था र सबैको प्रिय फुलबारी संस्था बनाउनका लागि मलाई तपाईहरुले मतदान गर्नुहोस् र दुई वर्षमा तपाईहरुलाई शिर निहुराउने काम म गर्ने छैन । ठूला कुरा गरेर म यो गर्छु त्यो गर्छु भन्दिन, संस्थाको सदस्य बनौ बनौ लाग्ने वातावरण सिर्जना गर्छु । यहाँभित्र रहेको बेथीतिलाई म व्यवस्थित गर्छु र एनआरएनएलाई साझा संस्था बनाउन म लागिपर्छु । यो नै मेरो मतदाताहरुलाई आब्हान हो । धन्यवाद ।


प्रकाशित | १७ बैशाख २०७८, शुक्रबार १७:०१