लाप्राक नमूना बस्ती निर्माणमा कसको कति सहयोग ?

काठमाडौं । गैर आवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा रहेको लाप्राक नमूना बस्ती निर्माणमा सहयोग गर्ने १६८ दाताहरुको नाम र रकमसहितको शिलापत्र राखिएको छ । संघले दाताहरुबाट ४२ करोड २५ लाख ४५ हजार १३७ रुपैयाँ ८७ पैसा रकम प्राप्त गरेको थियो । बस्ती निर्माणमा सहयोग गर्ने ती दाताहरुको नाम र सहयोगसहितको शिलापत्र राखिएको हो । संघले बिहीबार मात्र लाप्राकबासीलाई नमूना बस्ती हस्तान्तरण गरेको थियो ।

लाप्राक नमूना बस्ती निर्माणमा कुल खर्च ६१ करोड ४० लाख २८ हजार ३१५ रुपैयाँ ४५  पैसा भएको उल्लेख छ ।

शिलापत्रको पहिलो नम्बरमा एनआरएनए एनसिसी अष्ट्रेलियाको नाम उल्लेख छ । एनआरएनए अष्ट्रेलियाले ९ करोड २८ लाख २२ हजार ७८३ रुपैयाँ ३७ पैसा सहयोग गरेको उल्लेख छ । दोस्रोमा एनआरएन जापानको ४ करोड ५५ लाख ५८ हजार ४२२ रुपैयाँ ५० पैसा, तेस्रोमा एनआरएन इटालीको २ करोड ५२ लाख ९ हजार ८५६ रुपैयाँ ४३ पैसा , चौथो नम्बरमा एनआरएनए अमेरिकाको १ करोड ८१ लाख १९ हजार ९१६ रुपैयाँ ४० पैसा र पाँचौमा एनआरएन हङकङको १ करोड ३७ लाख २६ हजार ८४६ रुपैयाँ ७६ पैसा सहयोग उल्लेख छ ।

शिलापत्रमा उल्लेख भएअनुसार लाप्राक नमूना बस्तीको निर्माणमा ५७ करोड ६६ लाख ४ हजार ८३६ रुपैयाँ ४९ पैसा खर्च भएको छ । राहत तथा उद्धारमा ३ करोड ७४ लाख २३ हजार ४७८ रुपैयाँ ९६ पैसा खर्च भएको देखिन्छ । यो सहित निर्माणमा कुल खर्च ६१ करोड ४० लाख २८ हजार ३१५ रुपैयाँ ४५ पैसा खर्च भएको छ ।

शिलापत्रको पहिलो नम्बरमा एनआरएनए एनसिसी अष्ट्रेलियाको नाम उल्लेख छ । एनआरएनए अष्ट्रेलियाले ९ करोड २८ लाख २२ हजार ७८३ रुपैयाँ ३७ पैसा सहयोग गरेको उल्लेख छ ।

त्यस्तै, दाताबाट ४२ करोड २५ लाख ४५ हजार १३७ रुपैयाँ ८७ पैसा आम्दानी गरेको संघले ५ करोड ७६ लाख २५ हजार ३२३ रुपैयाँ ९८ पैसा ब्याज आम्दानीसहित कुल आम्दानी ४८ करोड १ लाख ७६ हजार ४६१ रुपैयाँ ८५ पैसा गरेको शिलापत्रमा उल्लेख छ । साथै सो रकमबाट अपुग १३ करोड ३८ लाख ५१ हजार ८५ रुपैयाँ ६० पैसा संघे ब्यहोरेको छ ।

सहयोग गर्ने दाताको शिलापत्र


प्रकाशित | १० बैशाख २०७८, शुक्रबार ०९:३९