लाप्राक नमूना बस्तीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा हर्षित छु : सोनाम लामा

काठमाडौं । गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा लाप्राक नमूना बस्ती परियोजनाका संयोजक सोनाम लामाले डेढ वर्षदेखिको अथक प्रयासपछि आफूले पाएको जिम्मेवारी सम्पन्न गर्न सफल भएकोमा खुसी ब्यक्त गर्नुभएको छ ।

गैर आवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा अलपत्र रहेको लाप्राक नमूना बस्ती सफलतापूर्वक सम्पन्न गर्दै हस्तान्तरण गर्न पाएकोमा संयोजक लामाले खुसी ब्यक्त गर्नुभएको हो ।संयोजक लामाले अनेकन बाधा ब्यवधान र चुनौतीका बाबजुत बस्ती हस्तान्तरण भएको र सबै गैर आवासीय नेपालीहरुको सपना साकार भएको पनि बताउनुभयो ।

संयोजक लामाले सुरुमा पहिलो पटक सन् २०१६ को ३ देखी ६ अप्रिल सम्म लाप्राकको गुप्सीपाखामा त्यहाँको भौगोलिक स्थित अध्ययन गर्नको लागि आफू स्वयंम, तत्कालीन अमेरिकाबाट प्रतिनिधित्व गर्नु हुने आइसिसि सदस्य नविन शेरचन लगायत विज्ञहरु गएको पनि जानकारी गराउनुभएको छ ।

‘मलाई अत्यन्तै खुशी लागेको छ । सुरुको अभियान दिन देखी म यो अभियानमा लागेको र यो कार्यकालमा मलाइ संघले नमूना बस्ती निर्माणको लागि संयोजकको हैसियतमा जिम्मा दिएको थियो र मैले यो जिम्मेवारी आज पुरा गरेको छु’, सयोजकले लामाले भन्नुभयो ।

संयोजक लामाले सुरुमा पहिलो पटक सन् २०१६ को ३ देखी ६ अप्रिल सम्म लाप्राकको गुप्सीपाखामा त्यहाँको भौगोलिक स्थित अध्ययन गर्नको लागि आफू स्वयंम, तत्कालीन अमेरिकाबाट प्रतिनिधित्व गर्नु हुने आइसिसि सदस्य नविन शेरचन लगायत विज्ञहरु गएको पनि जानकारी गराउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘त्यस समयमा त्यहाँको माटोको परिक्षण, जग्गाको नापी लगायत अन्य निर्माण सम्बन्धी कामको लागि चाहिने कुराहरुको अध्ययन गरिएको थियो । त्यस दिन देखी लगातार म यस निर्माण अभियानमा लागेको र आज अन्तिम दिनमा पनि यसको हस्तान्तरण म आफैले जिम्मा लिएर गर्न पाएकोमा म निकै खुशी भएको छु ।’

यो दिन गैर आवासीय नेपाली अभियानमा सधै स्मरणीय रहने बताउँदै संयोजक लामाले बस्ती निर्माणमा सहयोग गर्नु हुने गैर आवासीय नेपाली संघका अभियन्ताहरु, सम्पूर्ण दाताहरु, धार्चे गाउँपालिका, स्थानीय सरकार तथा जनप्रतिनिधि, स्थानीय समुदाय लगायत सम्पूर्णमा धन्यावाद ज्ञापन गर्नुभयो ।

‘यस नमूना बस्तीमा सहयोग गर्नु हुने विशेष गरी तमुधी युके, मुस्ताङ् किदुङ् युएसए र अन्य संघ संस्थाहरुलाई सहयोग गरे वापत तत्काली अध्यक्ष शेष घलेज्यूले उहाँहरुले सहयोग गरेको रकम बराबरको घरहरुमा सहयोग गर्ने संघ संस्थाहरुको नाम लेख्ने र ती संघ संस्थाहरुको प्रतिनिधिहरु आएर साचो बुझाई हस्तान्तरण गर्ने भन्नु भएको थियो । तर अहिलेको कोभिडको विश्वव्यापी महामारीले गर्दा हामीले यो काम गर्न सकेनौ यसका लागि म यस नमूना वस्ती परियोजनाको संयोजकको तर्फबाट क्षमायाचना गर्न चाहन्छु । तर हामीले उहाँहरुको संघ संस्थाहरुको नाम शिलापत्रमा राखेका छौ । यस्तो परोपकारी कार्यमा सम्पूर्ण सहयोग गर्नु हुनेहरुलाई धन्यवाद ज्ञापन गर्न चाहान्छु’, लामाले भन्नुभएको छ ।

पछिल्लो समय कोभिड-१९ का बीच पनि अहोरात्र खटेर निर्माण सम्पन्न गरिएको बताउँदै लामाले परियोजनामा काम गर्दा १७ पटक भन्दा बढी  गाडी लिएर पुगेको, खाना, खाजा, यातायात लगायत सबै खर्च आफै ब्यहोरेको पनि बताउनुभयो ।


प्रकाशित | ९ बैशाख २०७८, बिहीबार २१:०६