यस्तो रह्यो सेभेन समिट फाउन्डेशनको १० औं वार्षिकोत्सव

काठमाडौं । सेभेन समिट फाउन्डेशनले १० औ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको छ । होटल हायातमा आयोजीत एक कार्यक्रमकाबीच फाउन्डेसनको वार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको हो ।

फाउन्डेसनले वार्षिकोत्सवको अवसरमा सोलुखुम्बुको वाङछु मेमोरियल अस्पताललाई एम्बुलेन्स खरिदको लागि १२ लाख सहयोग प्रदान गरेको छ । एम्बुलेन्स सेवाहरू सञ्चालन गर्न अस्पतालका प्रतिनिधि लाक्पा शेर्पालाई १२ लाख रूपैयाँ हस्तान्तरण गरिएको हो ।

त्यस्तै, गल्फर प्रतिमा शेर्पालाई हिरो अफ सेभेन समिट फाउन्डेशन अवार्ड प्रदान गरिएको छ। शेर्पालाई शैक्षीक क्षेत्रमा अगाडि बढ्न सहयोग पुगोस भन्ने उद्देश्यले रु १ लाख रूपैयाँसहित सो अवार्ड प्रदान गरिएको हो ।

सोही अवसरमा फाउन्डेसनले सरकारी सेवामा कार्यरत भई स्तरोन्नति हुनुभएको फाउन्डेसनका महासचिव टुक्टी शेर्पा र युवा स्वयंमसेवक दावा तेन्जी शेर्पालाई पनि सम्मान गरेको छ ।

उक्त अवसरमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका पूर्व राजदूत अर्जुनकुमार कार्कीले सेभेन समिटले नेपालको शिक्षा, स्वास्थ्य, पर्यटनलगायका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

विश्वको सातै महादेशको हिमाल आरोहण गर्नुभएको एसी शेर्पाले दस वर्ष अगाडि महिला र बालबालीकाको क्षेत्रमा काम गर्ने उद्देश्यले सेभेन समिट फाउन्डेसन स्थापना गर्नुभएको हो ।

फाउन्डेसनका अध्यक्ष एसी शेर्पाले सेभेन समिट नेपालको ग्रामीण क्षेत्रका महिला र बालबालीकाको शैक्षीक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको बताउँदै नेपालको ग्रामीण भेगदेखि अफ्रिकाका विभिन्न देशहरुमा जलवायू परिवर्तन र स्वास्थ्य शिविर सञ्चालन गरिरहेको बताउनुभयो ।

अमेरिकी सरकार र त्यहाँका राजनैतिक दलहरुसँग सहकार्य गर्दै नेपालको ग्रामीण भेगमा सक्दो सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।त्यस्तै, अध्यक्ष शेर्पाले सोलुखुम्बुको दुर्गम क्षेत्र ट्यापिंग घोरकानी र केरुङमा तीन वटा एम्बुलेन्स सहयोग गर्ने निर्णय गरिसकेको पनि जानकारी गराउनुभयो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले फाउन्डेसनले नेपालको विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकोमा  प्रंशसा गर्नुभयो । कार्यक्रममा उपाध्यक्ष डा. बद्री केसी, सोनाम लामा, अमेरिकाज् क्षेत्रका क्षेत्रीय उपसंयोजक रामसी पोखरेलले फाउन्डेसनले सामाजीक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकोमा प्रशसा गर्नुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक नवग निमा शेर्पा, मिस युनिभर्सकी निर्देशक नग्मा श्रेष्ठ, मिस युनिभर्स नेपाल २०२० आशिका शर्मा, फाउन्डेशनका बोर्ड सदस्य तथा पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, श्याम तामाङ र मिग्मार तामाङको लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित | ९ बैशाख २०७८, बिहीबार १५:२५