गल्कोट स्पोट्स क्लबले छैटौ रनिङ सिल्भरकप प्रतियोगिता मे महिनाको २४ तारिख गर्दै

टोकियो । जापानको टोकियोमा स्थापित गल्कोट स्पोर्टस क्लब टोकियोले आफ्नो ७ औं बार्षिक उत्सबको अवसरमा हरेक बर्ष सम्पन्न गर्दै आईरहेको पुरुष भलिबल प्रतियोगिता यस पटक मे २४ तारिक सोमबार टोकियोको ओता सिटी हिगासी कामतामा गर्ने निर्णय गरेको छ । अप्रिल १९ तारिक कार्यसमितीको भर्चुअल बैठकबाट अध्यक्ष लक्ष्मण कार्कीको संयोजकत्वमा प्रतियोगिता संचालन मुल आयोजक समिती गठन गरिएको छ । प्रतियोगितामा सहभागिताका लागी जापानमा रहेका भलिबल खेलप्रेमी संघ सस्था र खेलाडीहरुलाई सहभागिताका लागी अनुरोध समेत गरिएको छ ।

टिम दर्ता शुल्क ४ मान राखिएको प्रतियोगितामा प्रथम र द्वित्तिय स्थान हासिल गर्ने टिमलाई क्रमश ३ लाख र २ लाख येन नगद सहित प्रथम स्थानका लागि सिल्भर कप,मेडल र प्रमाण पत्र द्वितिय स्थानका लागि कप मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

कल्बले यसपटक सेमी फाईनलका २ टिमलाई सान्त्वना पुरस्कार नगद ५०/५० हजार जापानी एन मेडल र प्रमाण पत्र प्रदान गर्ने निर्णय गरेको छ । यसका साथै प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई ट्रफी र सम्मान पत्रले सम्मान गर्ने गरि बिधागत ८ वटा पुरस्कार (Best Spiker,Best Setter,Best Quicker, Best Blocker,Best Defensive, Best Server, Best Libero र Best Coach) प्रदान गर्ने घोषणा गरेको छ ।

प्रतियोगितामा सहभागिताका लागी जापानमा रहेका संघ संस्था र कल्बहरुलाई औपचारिक पत्रचार गरिने र कुनै कारण पत्र प्राप्त हुन ढिलाई हुन गएमा यसै सुचनालाई आधार मानेर मे २० तारिक बिहीबार बिहान ११ बजेसम्म टिम दर्ता गराउनुहुन सबैमा अपिल गरिएको छ ।

मे २० तारिक समयअवधी सम्म औपचारिक रुपमा टिम दर्ता भएका खेलाडीहरुलाई खेलमा समाबेश गराउने र खेलका बिषयमा बिस्तृत जानकारी पुन जानकारी गराईने ब्यहोरा प्रतियोगिता मुल आयोजक समिति प्रचार प्रसार संयोजक तथा क्लवका सचिव हिमाल कडेलले जानकारी दिनुभयो । bजापानमा निरन्तर छैठौ भलिबल प्रतियोगिता गर्ने गल्कोट स्पोर्टस् क्लव टोकियो एक मात्र नेपाली संस्था हो।


प्रकाशित | ८ बैशाख २०७८, बुधबार १४:१३