५७ करोड ६६ लाख लागतमा बन्यो लाप्राक नमूना बस्ती

काठमाडौं । गैर आवासीय नेपाली संघको मेघा प्रोजेक्ट अन्तर्गत रहेको लाप्राक नमूना बस्ती बिहीबार हस्तान्तरण हुँदैछ । विसं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ मा संघले निर्माण थालेको ५ सय ७३ वटा घर निर्माण सम्पन्न् भएपछि बिहीबार हस्तान्तरण हुन लागेको हो ।

संघका अध्यक्ष कुमार पन्तले यही वैशाख ९ गते गोरखाको लाप्राकमा भूकम्पपीडितका लागि बनाइएको एकीकृत नमुना बस्ती हस्तान्तरण हुन लागेको जानकारी गराउनुभयो । अध्यक्ष पन्तले निर्माण सम्पन्न गर्दै हस्तान्तरण हुन लागेको ५७३ वटा आवास र अरु सामुदायिक संरचना बनाउन विभिन्न तवरले सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ ।

५७ करोड ६६ लाखभन्दा बढी लागतमा निर्माण सम्पन्न गरिएको बस्ती हस्तान्तरणका लागि धार्चे गाउँपालिका वडा नम्बर ४ र नेपाल सरकारबाट अनुमति प्राप्त भइसकेको छ । 

अध्यक्ष पन्तले भन्नुभएको छ, ‘यो परियोजनाको परिकल्पनादेखि समापनसम्मका हरेक चरणमा गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक एवं पूर्वअध्यक्ष शेष घले र सल्लाहकार जमुना गुरुङको योगदान विशेष स्मरणीय छ ।’

भौगोलिक विकटता र अरु प्रतिकूलतासँग जुधेर यहाँसम्म आइपुग्न सोचेभन्दा बढी समय लागेको बताउँदै निकै ठूलो पीडाका बीच यो क्षणसम्म धैर्य गर्नुहुने लाप्राकवासीलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो ।

एनआरएनए उपाध्यक्ष तथा परियोजनाका संयोजक सोनाम लामाका अनुसार हस्तान्तरणको सम्पूर्ण तयारी पूरा भएको छ । बस्ती राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवाली र स्थानीय सरकारको उपस्थितिमा हस्तान्तरण हुनेछ ।

बस्ती निर्माणमा सहयोग गर्ने दाताहरुको नाम र रकमसहितको शिलापत्र समेत राखिएको छ ।

५७ करोड ६६ लाखभन्दा बढी लागतमा निर्माण सम्पन्न गरिएको बस्ती हस्तान्तरणका लागि धार्चे गाउँपालिका वडा नम्बर ४ र नेपाल सरकारबाट अनुमति प्राप्त भइसकेको छ । साथै बस्ती निर्माणमा सहयोग गर्ने दाताहरुको नाम र रकमसहितको शिलापत्र समेत राखिएको छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु बारपाक नजिकैको लाप्राक गाउँमा एनआरएनएले सञ्चालन गरेको सो पोजेक्ट २०७३ साल वैशाख १२ गते गुप्सीपाखामा राष्ट्रपति विद्यादेवी भण्डारी, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल, एनआरएनए तत्कालीन अध्यक्ष शेष घलेले घर बनाउने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

लाप्राक नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा बनेका छन् । ५७३ घर बनाउनका लागि २०७३ माघबाट जग खन्न थालिएको थियो । वस्ती निर्माणको शिलान्याश २०७३ माघमा भएको थियो 

वैशाखमा सम्झौता भए पनि वस्ती निर्माणको शिलान्याश २०७३ माघमा भएको थियो। बस्तीका लागि सरकारले १८.३२ हेक्टर क्षेत्रफल जग्गाको भोगाधिकार दिएको थियो । गुप्सीपाखाको १८.३२ हेक्टर क्षेत्रफलमा लाप्राक नमुना बस्ती गुरुयोजना अनुसार ५७३ घर बनाउनका लागि २०७३ माघबाट जग खन्न थालिएको थियो । गुरुयोजनामा उल्लेख गरिए अनुसार नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा बनेका छन् ।


प्रकाशित | ७ बैशाख २०७८, मंगलवार २१:४१