एनआरएनए यूकेको अध्यक्ष पदमा सुनिल खड्काको उम्मेदवारी घोषणा

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेको अध्यक्षमा सुनिल खड्काले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । वर्तमान कार्यसमितिमा उपाध्यक्ष तथा च्यारिटी विभागका प्रमुख रहनु भएको खडकाले आगामी अधिवेशनको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

नयाँ नेतृत्वका लागि साथीभाइ तथा शुभेच्छुकहरुको समर्थन र सहकार्यका साथ अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको र बेलायत र छिमेकी मुलुकहरुमा बसोबास गरिरहेका नेपाली समुदायका अग्रजहरुको सुझाव र उपाध्यक्ष रहँदा गरेका सामाजिक गतिविधिले अध्यक्षमा उम्मेदवारी दिन प्रोत्साहित गरेको अध्यक्षका उम्मेदवार खडकाले बताउनुभयो । 

संघको जुलाइमा हुने नयाँ नेतृत्वका लागि साथीभाइ तथा शुभेच्छुकहरुको समर्थन र सहकार्यका साथ अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको खडकाले बताउनुभयो । बेलायत र छिमेकी मुलुकहरुमा बसोबास गरिरहेका नेपाली समुदायका अग्रजहरुको सुझाव र उपाध्यक्ष रहँदा गरेका सामाजिक गतिविधिले अध्यक्षमा उम्मेदवारी दिन प्रोत्साहित गरेको उहाँले बताउनुभयो ।

‘निस्वार्थ भावले मैले संस्थामा जति काम गरें, त्यो अझ पर्याप्त भए झैं लागेन । अब अध्यक्षको नेतृत्व लिएर यसलाई थप उचाई र अर्थ दिने मेरा योजनाहरु रहेका छन्’, खड्काले भन्नुभएको छ ।

वकिङमा बसोबास गरिरहनु भएको खडका सक्रिय उद्यमी तथा समाजसेवी समेत हुनुहुन्छ । च्यारिटी र एनआरएनए अभियानमा लामो समयदेखिको निरन्तर आवद्ध हुनुभएको खडका बिगत दुई दशकदेखि बेलायतमा सपरिवार बसोबास गरिरहनु भएको छ ।


प्रकाशित | १ बैशाख २०७८, बुधबार १९:५५