आयरल्याण्डमा आशिष प्रसाईलाई उत्कृष्ट अर्वाड


लण्डन । आशिष प्रसाईले उत्कष्ट अर्वाड हासिल पार्न सफल हुनुभएको छ । गैरआवासीय नेपाली संघ आयरल्याण्डका पूर्वअध्यक्ष तथा समाजसेवी गणेश प्रसाईका छोरा समेत रहनु भएका प्रसाईले आयरल्याण्डमा छोटो फिल्मको उत्कृष्ट अर्वाड हात पार्न सफल हुनुभएको हो । आयरल्याण्डको Fresh international film festival मा उहाँले निर्देशन गरेको डकुमेन्ट्री फिल्म Ireland young film maker of the year 2021को RTE factual AWARD of for the best documentary” उपाधी प्राप्त गर्न सफल हुनुभएको हो ।

अमेरिका, युरोप आयरल्याण्ड लगायत अन्तराष्ट्रिय प्रतिस्प्रर्धामा उत्रनु भएका आशिषले प्रथम स्थान प्राप्त गर्नु सबै नेपालीको लागि गौरबको कुरा रहेको एनआरएनए आयरल्याण्डका पूर्वअध्यक्ष राजन काफ्लेले बताउनु भयो । आयरल्याण्डका विभिन्न समाचार संस्थाहरुले पनि उहाँको यो डकुमेन्ट्री फिल्मलाई अत्यन्तै मह्त्वका साथ प्रसारण गरिरहेका छन् ।

सन् २००४ मार्च ३ मा जन्मनु भएका आशिष सानैदेखि क्यामरा तथा छोटाखाले डकुमेन्ट्रीहरुमा विशेष चासो राख्ने गर्नुहुन्थ्यो । उहाँ हाल Synge street secondary school मा कक्षा ८ मा अध्ययनरत रहनु भएको छ ।


प्रकाशित | २५ चैत्र २०७७, बुधबार १९:१५