माओवादी केन्द्रद्धारा चार सांसदलाई कारबाही

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्ना चार जना सांसदलाई कारबाही गरेको छ । नेकपा एमालेमा प्रवेश गरेका आफ्ना चार जना प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष दाहालले ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिनुभएको छ ।

प्रतिनिधि सभा संसदीय दलले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम प्रतिनिधि सभामा पेश गर्ने निर्णय भएको विज्ञप्तिमा लेखिएको छ ।

०७४ सालमा सम्मन्न निर्वाचनमा माओवादी केन्द्रबाट प्रतिनिधि सभाको सदस्यमा पदमा उहाँहरु निर्वाचित हुनुभएको थियो ।
पार्टीले कारबाही गरेसँगै उहाँहरु सांसद रहने छैनन् । माओवादी केन्द्रले उहाँहरुलाई पार्टीको साधारण सदस्य पनि नहरने गरी निष्कासन गरेको छ ।


प्रकाशित | २४ चैत्र २०७७, मंगलवार १७:४८