शारिरिक रुपमा हिडडुल गर्न नसक्ने व्यक्तिहरुलाई ह्वील चेयर हस्तान्तरण

काठमाडौं । गैर आवासीय नेपाली संघको परोपकारी तथा मानवकल्याण हितका कार्य अन्तर्गत शारिरिक रुपमा हिडडुल गर्न नसक्ने व्यक्तिहरुको सहयोग लागी १० थान ह्वील चेयर प्रदान गरिएको छ ।

गैर आवासीय नेपाली संघका मानार्थ परिषद सदस्य कपिल देव थापाले उक्त ह्वील चेयरहरु नेपाल ल्याउन भौतिक तथा आर्थिक सहयोग गर्ने एनसिसि जापानको अनुरोधमा एनसिसिका अध्यक्ष देवीलाल भण्डरीलाई हस्तान्तरण गर्नु भयो ।

एनसिसि जापानका अध्यक्ष भण्डारीले १० थान ह्वील चेयर मध्ये एक थान बागलुङ निवासी महेन्द्र बहादुर क्षेत्री र एक थान म्याग्दी निवासी कृष्ण बहादुर घिमिरेको सहयोगको लागि उहांहरुका प्रतिनिधिहरुलाई आज सचिवालयमा हस्तान्तरण गर्नु भयो ।

उहाँले बाँकि ८ थान ह्वील चेयरहरु असहजताका कारण उपस्थित हुन नसक्नेहरुका घरदैलोमै पुर्‍याई सोको विवरण सचिवालयलाई उपलब्ध गराउने समेत जानकारी गराउनु भयो । कार्यक्रममा मोबेलिटि डिभाइसका प्रतिनिधि र सचिवालयका कार्यकारी निर्देशकको उपस्थिति रहेको थियो ।


प्रकाशित | २३ चैत्र २०७७, सोमबार १६:४२