अक्षय कुमारलाई कोरोना संक्रमण

एजेन्सी । बलिउडका ‘खेलाडी कुमारले परिचित अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । ५३ वर्षीया अभिनेताले सामाजिक सञ्जालमा आफू कोरोना संक्रमित भएको जानकारी दिनु भएको हो ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार उहाँले एक पोस्ट लेख्दै आफूमा संक्रमित भएको बताउनु भएको हो ।

अक्षय मुम्बईमा नयाँ फिल्म ‘राम सेतु’को सुटिङ गरिरहनु भएको थियो । चार दिन पहिला नै उहाँले फिल्ममा आफ्नो लुक्स सार्वजनिक गर्नु भएको हो । फिल्ममा उहाँ एक पुरातत्वविदको भूमिका निभाउदै हुनुहुन्छ ।


प्रकाशित | २२ चैत्र २०७७, आईतवार १४:५६