वैदेशिक रोजगारीमा वार्षिक सय कामदार पठाउनुपर्ने ऐनको ब्यवस्था हटाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरि आफ्ना विभिन्न मागहरुका विषयमा ध्यानाकर्षण गराएको छ । भेटमा महासंघको टोलीले वैदेशीक रोजगार ब्यवसायीहरुले वार्षिक एक सय कामदार वैदेशिक रोजगारमा पठाउनुपर्ने ऐनको ब्यवस्थाले ब्यवसायीहरुको इजाजतपत्र नवीकरणमा समस्या परिररहेको भन्दै सो ब्यवस्था हटाउन माग गरेको छ ।

नेपाल वैदेशिक रोजगार व्यावसायी संघका पूर्व अध्यक्ष समेत रहनु भएका महासंघका संयोजक तथा सांसद एल पि सावाँ लिम्बुको नेतृत्वमा गएको टोलीले कोभिड १९ को कारण अधिकांश बैदेशिक रोजगार बन्द सरह नै रहेको कारण गत बर्ष जस्तै यो बर्ष पनि सय संख्याको कारण अधिकांस वैदेशिक रोजगार व्यावसायीहरुको इजाजतपत्र नवीकरण गर्न समस्या पर्ने हुँदा तत्काल समस्या समाधानको निम्ति प्रधानमन्त्रीलाई अनुरोध गरिएको महासंघ प्रचार बिभागका सचिव तथा नेपाल वैदेशिक रोजगार ब्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले जानकारी गरराउनुभयो ।

महासंघमा नेकपा एमाले पार्टीमा आबद्ध नेपालभरका उद्योगी ब्यवसायीहरुको संगठनहरु, नेपाल निर्माण ब्यवसायी संगठन, पर्यटन ब्यवसायी संगठन नेपाल, नेपाल र्राष्ट्रिय बाणिज्य संघ, निर्माण सामग्री सम्बद्ध ब्यवसायी संघ नेपाल , नेपाल र्राष्ट्रिय पर्यटन ब्यवसायी संगठन, नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संगठन, नेपाल होटल तथा रेस्टुरेन्ट व्यावसायी संघ, नेपाल उद्योग संघ, प्रगतिशील वैदेशिक रोजगार ब्यवसायी मञ्च, नेपाल निर्माण उद्योग परिषद , नेपाल स्वास्थ्य उद्यमी संघ सहित एघार संघ संगठन महासंघमा सदस्य रहेको छन् ।


प्रकाशित | १४ चैत्र २०७७, शनिबार १९:५५