भारतमा एकै दिन ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

काठमाडौं । भारतमा एकै दिन ६२ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाभित्र थप ६२ हजार २९१ जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा कोरोना संक्रमणका कारण २९२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

पछिल्लो तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या एक करोड १९ लाख आठ हजार ३७३ पुगेको छ। त्यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६१ हजार २७५ पुगेको छ।

पछिल्लो तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या एक करोड १९ लाख आठ हजार ३७३ पुगेको छ। त्यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६१ हजार २७५ पुगेको छ।


प्रकाशित | १४ चैत्र २०७७, शनिबार १३:१२