कोभिड प्रभावित नेपाली श्रमिकको राहत तथा उद्दारमा एनआरएनएको कहाँ कती खर्च ?

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड–१९ प्रभावित नेपाली श्रमिकहरुको राहत तथा उद्दारमा परिचालन गरेको २३ करोड बजेटको खर्च विवरण सार्वजनिक गरेको छ । संघले अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषद्हरुबाट १३ करोड र यूएन अन्तर्गतका निकायबाट प्राप्त १० करोड गरी २३ करोड बराबरको रकम परिचालन गरेकोमा सोको खर्च विवरण सार्वजनिक गरेको हो ।

कोभिड महामारीमा विदेशमा रहेका नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यले गठित एनआरएनएको उच्चस्तरीय कोभिड १९ रोकथाम समितिले खर्चको विवरण सार्वजनीक गरेको हो ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोभिड–१९ रोकथाम उच्चस्तरीय समिति गठन भई राहत, घर फिर्ति तथा पुर्नस्थापनाका लागि कार्यपत्र तयार पारिएको थियो । यसै कार्यपत्रको आधारमा नेपाल सरकार र विदेशस्थित नेपाली नियोगसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ ।

“नेपालीका लागि नेपाली” भन्ने मुख्य अवधारणा मनन गर्दै राष्ट्रिय समन्वय परिषद्बाट प्राप्त सहयोगबाट विभिन्न ५० देशका कम्तिमा पनि ३ सय भन्दा बढी शहरहरुमा रहेका करिब १ लाख ७० हजार भन्दा बढी नेपालीहरु प्रत्यक्ष लाभान्वित भएको संघले जनाएको छ ।

संघका अनुसार २५ सय भन्दा बढी स्वयंसेवकहरुले सेवा दिइरहेका छन् । गैर आवासीय नेपालीहरुको मानसिक स्वास्थ्यलाई विशेष ध्यानमा राखेर संघले टोली–स्वास्थ्य र मानसिक स्वास्थ्य परामर्शको कार्यक्रम सञ्चालन गरेको छ । संसारभर २०० भन्दा बढी स्वास्थ्यकर्मीले निशुल्क सेवा उपलब्ध गराएका छन् । विभिन्न देशका नेपालीहरुको सहयोगबाट नेपाल सरकारलाई एनटिजेन टेष्ट किट, पीपीई, आई आर गन, सुज, कभर, के एन–९५ माक्स जस्तासामग्रीहरु उपलब्ध गराएको छ ।

यी सबै कार्यक्रमका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषद्हरुबाट रु १३ करोड र यूएन अन्तर्गतका निकायबाट प्राप्त १० करोड गरी २३ करोड बराबरको रकम परिचालन गरिएको संघको भनाइ छ ।

अन्तर्राष्ट्रिय दातृ निकायहरुसँगबाट प्राप्त करिब १० करोड बराबरको गैर आवासीय नेपाली श्रमिकहरुका लागि राहत तथा उद्दार कार्यक्रमको नेतृत्व वैदेशिक रोजगार तथा कल्याणकारी विभाग प्रमुख डा. बद्री केसीले गर्नु भएको छ ।

आइएलोको बजेट धेरै श्रमिक नेपालीहरु भएको देश मलेसिया, कतार, यूएई र साउदी अरबमा सञ्चालन भइरहेको छ । यो कार्यक्रम पछिल्लो समय बहराईन, कुवेत तथा ओमानमा समेत लागू गरिएको छ । कार्यक्रममा आवश्यकताको आधारमा सम्बन्धित निकाय तथा दातासँग समेत समन्वय गरी अन्य देशहरु जस्तै कम्बोडियामा अलपत्र परेका नेपाली श्रमिकहरु उद्दार गरिएको संघले जनाएको छ ।

हालसम्म कोभिड–१९ सम्बधित कारणले नेपाल बाहेक २१ देशका करीव ३४१ जना नेपालीहरुको मृत्यु भईसकेको छ भने ५३ देशमा ६३ हजार ३ सय ७ जना नेपाली संक्रमित भएका छन् । संघले सार्वजनिक गरेको मुख्य अंश यस प्रकार छ;-



प्रकाशित | १३ चैत्र २०७७, शुक्रबार १०:११