कतारमा प्रतिबन्ध, यस्ता छन् पालना गर्नैपर्ने नियमहरु

दोहा । कतार सरकारले शुक्रबारदेखि विभिन्न क्षेत्रमा प्रतिवन्ध लगाउँदै ३३ बुँदे निर्देशन जारी गरेको छ । बढ्दो कोभिड –१९ को संक्रमणलाई ध्यानमा राख्दै मन्त्रीपरिषदको विपद व्यवस्थापनका लागि गठित सर्वोच्च समितिको सिफारिसको आधारमा २६ मार्चदेखि लागू हुनेगरि विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाइएको हो ।

कतारस्थित नेपाली दूतावासले जनाएअनुसार सो प्रतिबन्धको समयमा कतारी नागरिक तथा अन्य बासिन्दाले सतर्कता र सुरक्षाका सम्बन्धमा ३३ बुँदे निर्देशन पालना गर्नुपर्नेछ । जसमध्ये जुनसुकै स्थान कार्यलय अथवा सार्वजनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन नपाइने नियम रहेको छ । यसैगरी सार्वजनिक पार्क, कर्निस लगाएतका स्थलहरु बन्द गर्ने निर्णय गरेको छ ।

व्यापारीक भवनहरुमा ३० प्रतिशत मात्रै क्रियाकलाप गर्न पाउनेछ भने १२ वर्षभन्दा मुनिका बालबालिकालाई उक्त स्थलहरुमा लैजान बन्देज गरिएको दूतावासले जनाएको छ ।

सवारी साधनमा चालकसहित ४ जनाभन्दा बढी यात्रा गर्न प्रतिबन्ध लगाएको छ । साथै जुनसुकै अवस्थामा स्वास्थ्य मापदण्ड अनुरुप मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछे घरबाट बाहिर निस्कदा चालु अवस्थामा रहेको इथेराज एप्लिकेसन हुनै पर्ने नियम रहेकोे छ ।

कतारले लगाएको प्रतिबन्धसँगै समय समयमा जारी गर्ने निर्देशनको पूर्ण रुपमा पालना गरी कोभिड –१९ बाट सुरक्षित रहन दुतावासले आग्रह गरेको हो ।


प्रकाशित | १२ चैत्र २०७७, बिहीबार २०:१८