हरिहरले ‘द हरिहर अधिकारी शो’ ल्याउँदै

काठमाडौंँ । अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारीले नयाँ शो ‘द हरिहर अधिकारी शो’ ल्याउने भएका छन् । सेलिब्रेटीका वर्तमान र भविष्यको चर्चा गरिने शोमा रेखा थापा, कोमल ओली लगायत अतिथी लिएर केही भाग छायाँकन भैसकेका छन् ।

कार्यक्रमको निर्देशन नीता ढुंगानाले गर्ने भएकी छन् । लामो समयदेखि कान्तिपुर टेलिभिजनमा ‘मार्गदर्शन’ कार्यक्रम सन्चालन गर्दै आएका हरिहरले यसै टेलिभिजन मार्फत ‘द हरिहर अधिकारी शो’ ल्याउन लागेका हुन् । हुन त पछिल्लो समय फिल्म क्षेत्रमा नीता र हरिहरको प्रेमको चर्चा छ ।

केही बर्षदेखि एकअर्कालाई डेट गरिरहेका उनीहरुले प्रेमको बिषयमा खुलेर बोलेका भने छैनन् । तर उनीहरुको सम्बन्धले भने प्रेम ब्यक्त गरिरहेको छ ।


प्रकाशित | ११ चैत्र २०७७, बुधबार ०८:०५