रबिन्द्रलाई एनआरएनएको बिदाई

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) खेलकुद प्रतिष्ठानले मिक्स मार्सल आर्ट खेलका भारतीय राष्ट्रिय च्याम्पियन नेपाली खेलाडी रबिन्द्र ढाँट क्षेत्रीलाई बिदाई गरेको छ । भारतको हरयाणामा यही मार्च २८ तारिख देखी आयोजना हुने प्रोफेसनल कम्ब्याट फाइट लिगमा प्रतिस्पर्धाका लागि जान लाग्नु भएका क्षेत्रीलाई बिदाई गरिएको हो ।

संघका उपाध्यक्ष सोनाम लामा, मध्य पूर्व उपसंयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली), सदस्य सचिव धर्म राज गिरी, प्राबिधिक निर्देशक शम्भु राज डंगोल, सचिवालयका कार्यकारी निर्देशक राजेश राणालगायत स्पोर्टस एकाडेमी टिमले नेपाल र एनआरएनएको संयुक्त झण्डा दिर्दै आज बिदाई गर्नुभयो ।

उदयमान एबम एक मात्र अन्तरास्ट्रिय एमएमए नेपाली खेलाडी क्षेत्री हाल गैर आवासिय नेपाली संघ, खेलकुद प्रतिसठानसँग समेत आबद्ध हुनुहुन्छ । नेपालकै प्रशिक्षाणमा ब्यस्त रहेका खेलाडी रबिन्द्रले नेपालको झण्डा बोकेर रास्ट्रियको प्रतिनिधित्व गर्दै भारतको हरयाणामा यही मार्च २८ तारिक देखी आयोजना हुने प्रोफेसनल कम्ब्याट फाइट लिगमा प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । जसको लागि उहाँ यही मार्च २४ का दिन भारतका लागि प्रस्थान गर्दैहुनुहन्छ ।


प्रकाशित | १० चैत्र २०७७, मंगलवार १६:५२