शहरमा ‘विधि र पद्धति’ को रमिता कि गाईजात्रा ?

सूर्य थापा

नेकपा (एमाले)काे नाममा सानेपास्थित महङ्गो हेरिटेज गार्डेनमा आयाेजना गर्ने भनिएकाे कथित गुटगत भेला-

१. खासमा प्रचण्डकाे निर्देशन र हाेमवर्कबमाेजिमकाे मेला, राम र रमिता हाे !

२. यसलाई चैत महिनामा प्रदर्शित गाइजात्रा पनि भन्न सकिन्छ ।

३. आफ्नाे निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूकाे उक्साहट र षडयन्त्र हाे ।

४. याे केवल यसका नेतृत्वकर्ताहरूकाे कुण्ठा र द्वेय प्रदर्शन मात्रै हाे ।

५. पार्टीकाे सरकार पाँच बर्ष चल्नै नदिने कसम खाएर केही व्यक्तिहरूकाे नेतृत्वमा भइरहेका जनविरोधी, अनैतिक र विभाजनकारी कृत्यकाे मञ्चन मात्र हाे ।

६. याे “विधि र पद्धति”काे दुहाई दिंदै गत बैशाख महिनायता जारी नाङ्गो गुटबन्दीकाे पराकाष्ठा हाे, जसलाई प्रचण्डकाे आड र साठगाँठमा चल्दैआएकाे विभाजन ने हाे भन्ने तथ्य स्पष्ट नै छ । र, अलग समूह बनाएर पुन: प्रचण्ड पथमा सामेल हुन जाने तयारी हाे । त्यसकै लागि प्रचण्डले आफ्नाे समुहकाे केन्द्रीय कमिटी बैठक स्थगन गरि पर्खिरहेकाे यथार्थ जगजाहेर नै छ ।

७. हिजाे नेकपामा सहमतिकाे आधारमा निर्णय गर्ने वैधानिक व्यवस्था हुँदाहुँदै बहुमतकाे नाममा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई गरेकाे चारपटक निस्कासनकाे अपमानजनक अपराध तथा आज अध्यक्ष मान्नुकाे विकल्प नै नरहेकाे असहजता र छटपटीकाे अनुभूति हाे ।

८. नेपाल राष्ट्र, नेपाली जनता, नेपाली कम्युनिस्ट आन्दाेलन, स्थिरता, विकास र समृद्धिविरूद्दकाे घात हाे ।

९. पार्टी केन्द्रीय कमिटीकाे फागुन २८ गतेकाे निर्णयकाे अवज्ञा,अनुशासनहीनता र अराजकता हाे । कार्की बैक्वेट पार्टीको भए पनि स्वघाेषित अध्यक्ष भइछाड्ने पदलाेलुपता एवं अभिनय हाे ।

१०. पार्टी पद्धति,मूल्य, मान्यता र विधानकाे बर्खिलाप कार्य हाे । फागुन २३ गते यता अर्याल हाेटलमा जारी गुटगत भेला, बैठक र समानान्तर गतिविधि ढाकछाेपकाे निम्छराे र निरूपाय काेसिस हाे । र, चैत २ गते धुम्बाराहीमा भएको छलफलमा अध्यक्षले भेला राेक्न दिनुभएको निर्देशनकाे ठाडाे अवज्ञा हाे ।

११.चैत १ गते ११ जना व्यक्तिले पार्टी अध्यक्षविरूद्द जारी गरेकाे १९ पृष्ठ लामाे पुरानाे आराेपपत्रकाे नयाँ संस्करणका आधारमा नेतृत्वलाई पुन: खुइलाउने, बदनाम गर्ने एवं कार्यकर्ता र जनतामा घृणा फैलाउने र पार्टीलाई संस्थागत प्रक्रियामा संचालन हुन नदिई अनुचित संझाैताकाे बन्धक बनाउने कुत्सित प्रयास हाे ।

१२. सरकारले गरेका जनक्षीय कामहरूमा पर्दा हालेर जनतामा भ्रम फिंजाउने र सिंगाे कम्युनिस्ट आन्दोलनकाे भविष्यमा कालाे बादल मडारिने अवस्था सिर्जना गर्ने दुष्प्रयास मात्र हाे ।

१३. पार्टीलाई केन्द्रीय कमिटीको निर्णयअनुरूप नयाँ परिवेशमा नयाँ ऊर्जाका साथ सञ्चालन गर्ने पहलकदमीमा चिसाेपानी खन्याउने र निराशा पैदा गर्ने लज्जास्पद कार्य हाे ।

१४. याे आाम जनता र कार्यकर्ताकाे आकांक्षा र अभिमतविपरितकाे क्रियाकलाप हाे। यस्ताे कार्यमा काेही कसैले आफुलाई सामेल नगराै ।

१५. त्यसैले आउनुहाेस-

विभाजन र बिखण्डनकारी तथा एकताविराेधी हर्कतहरूप्रति सचेत र सावधान हुँदै नेकपा(एमाले) र सूर्य चिन्हकाे पक्षमा स्पष्ट र एकजुट भएर अघि बढाैं !

अरू कसैकाे याेवनामा परिचालित व्यक्तिका षड्यन्त्रमूलक र जनविरोधी काेसिसहरूलाई परास्त गराैं !!

थापा प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुनुहुन्छ ।


प्रकाशित | ३ चैत्र २०७७, मंगलवार ०९:३८