‘प्रधानमन्त्रीले संसदको सामना गरेर सर्वोच्चको फैसला कार्यान्वयन गर्नुहुन्छ, तत्काल राजीनामा दिनुहुन्न’

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने र तत्काल राजीनामा नदिने बताउनुभएको छ । प्रेस सल्लाहकार थापाले एक बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने बताउनुभएको हो ।

‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ’, थापाले भन्नुभएको छ ।


प्रकाशित | ११ फाल्गुन २०७७, मंगलवार २२:४८