गैर आवासीय नेपालीलाई आईटी सेक्टरमा लगानी गर्न सञ्चारमन्त्री गुरुङको सुझाव

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले गैर आवासीय नेपालीलाई आईटि सेक्टरमा लगानी गर्न सुझाव दिनुभएको छ । एनआरएन पदाधिकारीसँगको छलफलमा सञ्चारमन्त्री गुरुङले आइटी सेक्टरमा लगानी गर्न सुझाव दिनुभएको हो ।

गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघका गतिविधिहरु बारेमा मन्त्रीलाई अवगत गराउँदै नेपाल सरकारले संघ प्रति देखाएको सदासयताको लागि आभार प्रकट गर्नु भयो ।

सो अवसरमा मन्त्री गुरुङले संघले स्थापना गर्न लागेको N.R.N. Development Limited Fund बारे जिज्ञाशा प्रकट गर्दै आईटि सेक्टरमा लगानी गर्न सुझाव दिनुभएको हो ।

उहांले नेपाल सरकारले भर्खरै प्रारम्भ गरेको नागरिक ऐप बारे जानकारी गराउंदै यसमा गैरआवासीय नेपालहरुलाई कसरी समायोजन गर्न सकिन्छ भन्ने तर्फ संघलाई बिचार गर्न अनुरोध गर्नुभयो ।

भेटको अवसरमा संघका उपाध्यक्ष डा. बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ र संघका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।


प्रकाशित | ११ फाल्गुन २०७७, मंगलवार १२:१०