एनआरएनएको पहलमा गैर आवासीय नेपालीलाई अनअराइभल भिसा

काठमाडौँ । गैर आवासीय नेपाली संघको पहलमा सरकारले गैर आवासीय नेपाली तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ । संघका अध्यक्ष कुमार पन्तले सरकारसँगको पहलमा अनअराइभल भिसा दिने निर्णय भएकोमा खुसी ब्यक्त गर्नुभयो अनअराइभल भिसा । गत मङ्सिर १०, पुस १० र यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार खुला गरिएको हो ।

विभागले सूचना प्रकाशन गर्दै नेपाली मूलका विदेशी ((राहदानीमा जन्मस्थान नेपाल उल्लेख भएको ) वा नेपालीसँग नाता सम्बन्ध भएका वा गैरआवासीय नेपाली, कूटनीतिक तथा औपचारिक राहदानवाहक, युएनका कर्मचारी, नेपालमा रहेका अन्तर्राष्ट्रिय संस्थामा कार्यरत विदेशी कर्मचारीलाई विनाशर्त अनअराइभल भिसा खुला गरेको छ ।

विभागले नेपालको भिसा भएका विदेशी नागरिकलाई आगमन अनुमति दिने र नेपालको भिसा नभएका विदेशीले विदेशस्थित नेपाली नियोगबाट भिसा लिएरमात्र नेपाल आउन पाउने जनाएको छ ।

फोटो विवरण उपलब्ध छैन।

प्रकाशित | २० माघ २०७७, मंगलवार ०९:४८