कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडाैँ । कक्षा १२ को नतिजा सार्वजनिक भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डकाे केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।

कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए । नतिजाको विस्तृत विवरण आउन बाँकी छ ।


प्रकाशित | १९ माघ २०७७, सोमबार ११:३६