मेलम्ची आउन अझै तीन महिना

काठमाडौँ । मेलम्ची खोलाको पानी काठमाडौँ आउन कम्तीमा अझै तीन महिना लाग्ने भएको छ । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी) ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुुझाव दिएपछि एक महिना थप काम गर्नुपर्ने भएको छ । पानी पथान्तरणको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउनेछ । जसअनुसार मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा तीन महिना तालिकाअनुसारको काम गर्नुपर्नेछ । विज्ञ टोलीले दिएको सुधारका काम सम्पन्न भएपछि पानी पथान्तरण गरिनेछ । सुधारको काम गर्न एक महिना लाग्नेछ ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार फागुन पहिलो हप्ता सुधारको काम सकिनेछ । सुधारको काम सकिएपछि पानी पथान्तरण तथा सुरुङको परीक्षण गरिनेछ । दुई महिना पथान्तरण गरिएपछि सुन्दरीजलमा पानी पठाइनेछ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री भन्नुहुन्छ, “फागुन पहिलो हप्ता सुधारका काम सबै सकिन्छ, त्यसपछि दुई महिना सुरुङ टेस्टिङ गर्न लाग्छ अनि मात्र पानी आउँछ । ”

मेलम्चीमा सुरुङ प्रवेशद्वार ९गेट०को जडान र फिनिसिङ सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको थियो । हाल प्राविधिक टोलीले दिएको सुुझावअनुसार थप काम भइरहेको खत्रीले जानकारी दिनुुभयो । उहाँका अनुसार टोलीले सुरुङ फिनिसिङमा थप बलियो गरी काम गर्नुपर्नेलगायतका प्राविधिक काम गर्न सिफारिस गरेको छ ।

खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भन्नुभयो, “एडीबीको प्राविधिक टोलीले सुरुङको बेसलाइनको सुधार, भित्ता थप बलियो बनाउनुपर्नेलगायत सुरुङभित्रका सानातिना सुुधार गर्नुपर्ने सुुझाव दिएको छ । रिपोर्टले दिएका कुरा हामी अहिल्यै सम्बोधन गरेर जाने गरी काम भइरहेको छ । करिब एक महिनामा सुधारका काम सम्पन्न भएपछि पानी पथान्तरणको प्रक्रिया अघि बढ्छ । ”

मेलम्ची खानेपानी विकास समिति प्रवेशद्वार जडान गरी पानी पथान्तरणको तयारीमा रहेका बेला एडीबीले चार जना विदेशी परामर्शदाता ल्याएर पुसमा एक हप्ता अनुगमन गराएको थियो । समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो चरणमा सुरङमा पानी पठाएर होल्ड ९पथान्तरण० गरिनेछ । उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ ।

गत असारमा पानी पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार ९गेट० खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान गरी पानी पथान्तरण गर्न लागिएको हो । आयोजनाले अहिले सुरुङ प्रवेशको चारवटा प्रवेशद्वारको फ्रेम परिवर्तन गरी जडान गरिसकेको छ ।

चारमध्ये सिन्धु र अम्बाथानको गेट जडान भइसकेको प्रवक्ता शाक्यले जानकारी दिनुभयो । सुन्दरीजलको गेट पानी पथान्तरण गर्दैगर्दा जडान गर्न सकिनेछ । हेडवक्र्स निर्माणको काम भइरहेको छ । हाललाई अस्थायी डाइभर्सनबाट सुरुङमा पानी पथान्तरण गरिनेछ । आजको गोरखापत्र दैनीक


प्रकाशित | १५ माघ २०७७, बिहीबार ०८:२८