निर्वाचन आयोगको निर्णयप्रति प्रचण्ड–माधव समूह असन्तुष्ट

काठमाडौंँ । संसद् विघटनसँगै राजनीतिक रुपमा प्रष्ट विभाजित भइसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कानूनी रुपमा फुट्न नमिल्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।
आइतबार साँझ आयोगले १७ पृष्ठ लामो निर्णय गर्दै पार्टी विभाजनलाई वैधानिकता दिएन । २०७५ जेठ ३ कै कमिटी कायम रहेको र पुस ५ यताका निर्णयहरुलाई मान्यता नदिएपछि नेकपा प्रचण्ड–माधव समूहले आपत्ती जनाएको छ । यो समूहले औपचारिक रुपमै प्रतिक्रिया दिने तयारी गरेको छ ।


प्रकाशित | १२ माघ २०७७, सोमबार ०९:५२