मेलम्ची सुरुङ सुधारको काम बढीमा चार हप्तामा सकिने

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङको सुधारको काम बढीमा चार हप्तामा सम्पन्न हुने बताइएको छ । खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापाले मेलम्ची सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरीक्षण गर्ने क्रममा सो कुराको जानकारी गराइएको हो ।
मन्त्री थापालाई ब्रिफ्रिङ गर्दै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले सुरुङको अधिकाशं काम सम्पन्न भइसकेको जानकारी गराउनुभयो । खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापाले मेलम्ची सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरीक्षण गर्ने क्रममा सो कुराको जानकारी गराइएको हो ।
सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको दुई वटा प्रशोधन केन्द्र रहेका छन् । निरिक्षणका क्रममा मन्त्री थापा सुन्दरीजलदेखि नौ किलोमिटर भित्र सुरुङ र आउटलेट रहेको सिन्धुसम्म पुग्नु भएको थियो । त्यसक्रममा मन्त्री थापाले मेलम्ची आयोजनामा अहिलेसम्म भएको कामको विवरण र पानी काठमाडौँ ल्याउन गर्नुपर्ने थप कामबारे जानकारी लिनु भएको थियो ।


प्रकाशित | १२ माघ २०७७, सोमबार ०९:१७