प्रधानमन्त्रीमाथि औंला ठड्याउने प्रतिपक्ष खोजिरहेछुः रामचन्द्र पौडेल

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमाथि औंला ठड्याउने विपक्षी दल चाहिएको बताउनु भएको छ ।
असंवैधानिक रुपमा संसद भंग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्की दिइरहँदा पार्टी सभापति शेरबहादुर देउवा अदालतलाई केही भन्नु हुन्न भनेर बसेको भन्दै उहाँले असन्तुष्टि जनाउनु भएको हो ।
शनिबार विराटनगरमा भएको एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले ‘यो देशमा म एउटा मानिस खोजीरहेछ’ भन्ने गीत सम्भिनु भयो । ‘मलाई भन्न मन लाग्छ यो देशमा म त्यस्ता मानिस खोजिरहेछु, जसले मातृभूमिको माया गरुन् । यो देशमा म त्यस्ता नेताहरु खोजिरहेछु, जसले स्वार्थबाट माथि उठेर धनी देशका गरिब जनताको माया गरुन’ उहाँले भन्नु भएको छ ।
पार्टी सभापतिको नाम नलिई उहाँले प्रधानमन्त्रीले धम्की दिइरहँदा अदालतलाई केही भन्न हुन्न भन्नु जनतालाई धोधाकडी मात्र हुने बताउनु भयो ।
अदालतले पनि जनताको आवाज सुन्नुपर्ने र संविधान हेरेर फैसला गर्नुपर्ने नेता पौडेलले उल्लेख गर्नु भयो ।


प्रकाशित | ११ माघ २०७७, आईतवार ०८:४४