आमसभा कस्तो हुन्छ भन्ने २३ गते हेर्नुः प्रधानमन्त्री ओली

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरूले वास्तविक जनप्रदर्शन (आमसभा) गरेर देखाउने बताउनुभएको छ ।

शुक्रबार काठमाण्डौमा पेसागत विशेष जिल्ला ब्युरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरूले माघ २३ गते वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनि गरेर देखाउने बताउनुभएको हो ।

उहाँले शुक्रबार पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी गर्नुभयो । प्रचण्ड–माधव समूहले काठमाण्डौमा आयोजना गरेको विरोध सभालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतलाई धम्की नदिन पनि चेतावनी दिनुभयो ।


प्रकाशित | १० माघ २०७७, शनिबार ०९:२०