नेपालमा माघ १४ बाट कोरोना खोप लगाइने !

काठमाडौँ । भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ ।
शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्रहरीको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै खोप अभियानको बारेमा जानकारी दिनु भएको हो । भारतबाट बिहीबार १० लाख डोज खोप नेपाल आइपुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रमबारे यकिन मिति तोकेको थिएन। यद्यपि भारतले खोप दिने कुरा एक साताअघि देखि नै चर्चामा थियो। मन्त्रालय स्रोतका अनुसार खोप अभियानको निर्णय र घोषणा प्रधानमन्त्रीस्तरबाट हुने तयारी भएको थियो।

भारतले पठाएको खोप बिहिवार काठमाडौं आइपुगेपछि अन्य प्रक्रिया पूरा गर्ने क्रममा थप समय पर्खिनु परेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भयो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार ‘कोभिडशिल्ड’ खोप २ देखि ८ डिग्री ताफक्रममा राख्न मिल्छ। खोप लिएलगत्तै एक डोज प्रमाणीकरणको लागि औषधि व्यवस्था विभागमा पठाइर प्रमाणीकरण भइसकेको छ । खोप पुगेलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खोप सवै जिल्लामा के कति पठाउने भन्नेबारेमा छलफल भइरहेको कोभिड १९ खोप व्यवस्थापनका संयोजक डा. श्यामराज उप्रेतीले बताउनु भयो ।
समाचार नागरिक दैनिकमा रहेको छ ।


प्रकाशित | १० माघ २०७७, शनिबार ०८:१६