घरेलु मैदानमा लिभरपुलको हार

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । साविक विजेता समेत रहेको लिभरपुल बिहीबार राति बर्नलीसँग १-० गोल अन्तरले पराजित भएको हो ।

लिभरपुल घरेलु मैदानमै बर्नलीसँग पराजित भएको हो । बर्नलीलाई जित दिलाउन एस्ले बर्नेसले निर्णायक गोल गरे । उनले खेलको ८३ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । यस हारसँगै लिभरपुलको घरेलु मैदानमा रहेको अपराजित यात्रा टुंगिएको छ । लिभरपुल ६८ औं खेलसम्म घरेलु मैदानमा अपराजित रहेको थियो । लिभरपुलको यो सिजनको तेस्रो हार हो ।

यस हारसंगै लिभरपुलले शीर्ष टोलिहरुसँगको अंक दुरी कम गर्ने मौका समेत गुमाएको छ ।लिभरपुल ३४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । बर्नली १९ अंक जोडेर १७ औं स्थानमा उक्लिएको छ ।


प्रकाशित | ९ माघ २०७७, शुक्रबार ०८:२४